पाइपलाइनबाट पेट्रोल नेपाल आउने

पाइपलाइनबाट पेट्रोल नेपाल आउने

जनकपुरधाम : नेपालको दुई दिने भ्रमणमा आएका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले पाइपलाइनबाट पेट्रोल सहजै नेपाल आउने बताएका छन्। जानकी मन्दिरमा पूजा गर्न प्रदेश २ को राजधानी जनकपुर आइपुगेका भारतीय मन्त्री प्रधानले जानकी मन्दिरको दर्शन पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै भारतबाट निर्वाध रूपमा पेट्रोल नेपाल आओस् भन्ने चाहेको बताएका छन्।

उनले नेपाली जनताको सुविधाका लागि सहज रूपमा पेट्रोल पठाउन भारतको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम भइरहेको बताए। ‘अहिलेसम्म ट्यांकरमा तेल आयात भइरहेको छ।

प्राकृतिक विपदको बेला पेट्रोल आयत गर्न समस्या हुन्छ’,मन्त्री प्रधानले भने, ‘इन्डिया आयल कर्पोरेसनको तीन सय २२ करोडको लगानीमा धमाधम पाइपलाइन निर्माण भइरहेको छ। काममा राम्रो प्रगति देखिएकाले तीन वर्षभित्र नेपाली जनताका लागि पाइपलाइनबाट सहजरूपमा तेल आउँछ’ ।

उनले पाइपालाइनबाट तेल आउन लागेपछि भारत र नेपालको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधनामन्त्री केपी ओलीले संयुक्तरूपमा उदघाटन गरेको ६९ किलोमिटर पाइपालाइन निर्माणको कार्यको समीक्षा गर्न आफू दुई दिने भ्रमणमा नेपाल आएको मन्त्री प्रधानले जानकारी गराए ।

सोही क्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि आयल निगमको क्षेत्रमा रहेको सबै प्रकारको विकृति र झन्झट हट्ने बताएका छन्। अन्तर्राष्ट्रिय स्तरको परियोजना अन्तर्गत सबभन्दा पहिला मोतिहारी निजगढ पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवले जानकारी गराएका छन् । निर्माणको कामको लक्ष्य तीन वर्ष छ। तर जुन गतिमा काम भइरहेको छ ।

उनले पाइपलाइनबाट तेल आउन थालेपछि सबैप्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्य घट्ने दाबी समेत गरेका छन्। मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराएका छन्। जानकी मन्दिरमा पुजा गर्न आइपुगको भारतीय मन्त्री धमेन्द्र प्रधान र नेपालका उद्योग मन्त्री मातृका यादव ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.