वडामा जेष्ठ नागरिक विश्रामस्थल

वडामा जेष्ठ नागरिक विश्रामस्थल

कुस्मा : दिउँसोको समयमा जेष्ठ नागरिकलाई पुर्नमिलन गराउन मोदी गाउँपालिकाले जेष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ । सबै वडामा जेष्ठ नगारिक विश्रामस्थल बनाइने गाउँपालिकाले जनाएको छ । अनुभव र योगदानले भरिएका जेष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेम पौडेलले बताए ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउन गाउँपालिका सबै वडामा एक/एक वटा विश्रामस्थल बनाउन लागिएको हो । विश्रामस्थल निर्माणको सुरुवात भने मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेम पौडेलले महिला, बालबालिका र जेष्ठ नागरिकको हक र हितका लागि चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

गाउँपालिकाले विश्रामस्थल निर्माण कार्यका लागि पहिलो चरणमा वडा नं. ५ बाजुङका लागि ३ लाख रुपैंया विनियोजन गरेको थियो । गाउँपालिका प्रवक्ता विमल लामिछानेका अनुसार अगामी वर्षदेखि सबै वडाहरुमा विश्रामस्थललाई व्यवस्थापन गर्ने गरी बजेट विनियाेजन गर्ने जानकारी दिए ।

जेष्ठ नगारिकहरुले समाज र देशका लागि पुर्याएको योगदानको कदर समेत हुने गरि विश्रामस्थल निर्माण गर्ने अभियान गाउँपालिकाले सञ्चालन गरेको लामिछानले बताए । ‘आजको समाज निर्माणमा सबैअग्रजहरुको योगदान छ’ लामिछानले भने -‘अग्रजहरुको बलिदानीपूर्ण संघर्षका कारण आजको समाज स्थापना भएको हो ।’

संघिय सरकारले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामार्फत सहयोग गर्दै आएकोले स्थानीय तहबाट भने विश्रामस्थल निर्माण गरी जेष्ठ नागरिकहरुका अनुभव सुन्ने दिनचर्या कटाउन सहज बनाउने गाउँपालिकाको योजना रहेको लामिछानेको भनाई छ ।

मोदी गाउँपालिकामा ८ वटा वडाहरु छन । बाजुङबाट शुरुवात भएको योजना सबैवडाहरुमा विस्तार गरी एक वडा एक जेष्ठ नागरिक विश्रामस्थल निर्माण कार्य अगाडि बढाईने गाउँपालिकाले जनाएको छ । यस वर्ष वडा नं. ५ मा तयार हुने छ भने अगामी वर्ष ८ वटै वडामा निर्माण गरिने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए ।

यस अघि सदरमुकाम कुश्माबजार स्थित कुश्मा नगरपालिका वडा नंं ५ ले जेष्ठ नागरिक विश्रामस्थल संचालनमा ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.