'निजी इन्जिनियरिङ कलेजमा केईसी उत्कृष्ट'

'निजी इन्जिनियरिङ कलेजमा केईसी उत्कृष्ट'

काठमाडौं : इन्जिनियरिङ अध्ययनका लागि कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेज (केईसी) एक आकषणको केन्द्र हो । निजी इन्जिनियरिङ कलेजमध्ये त केईसीलाई उत्कृष्ट मानिन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बिई सिभिल, बिई कम्प्युटर, बिई ईलेक्ट्रीकल, बिआर्क, बिई ईलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड ईन्फर्मेशन इन्जिनियरिङ यहाँ अध्यापन हुँदै आएको छ ।

सुन्दर शैक्षिक वातावरण, सुविधासम्पन्न हाइटेक ल्याबसहित प्रतिष्ठित फ्याकल्टीलाई पनि केईसीको विशेष पक्ष मानिन्छ । साढे १७ रोपनी क्षेत्रफलमा फैलिएको केईसीले हाल ३० रोपनी जग्गामा होस्टेलसहित कलेज निर्माण गर्न थप जग्गा खरिद गरिसकेको छ । शैक्षिक वातावरण, अब्बल फ्याकल्टी, सुविधासम्पन्न ल्याब, ख्यातिप्राप्त व्यवस्थापन टीमलाई अभिभावकीय नेतृत्व दिँदै आएका केईसीका सल्लाहकार प्रा.डा. दिनेशकुमार शर्मासँग गरिएको कुराकानीः

केईसीका फ्याकल्टीबारे जानकारी दिनुहोस् न ?

हामीले बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रीकल, बिआर्क, बिई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ चलाइरहेका छौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकले यही शैक्षिक सत्रदेखि परिमार्जन गरेका कार्यक्रम अनुसार हामीले पनि लागु गरेका हौँ ।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमा इन्फर्मेशन थपेर परिमार्जित गरिएपछि त्यसमा नयाँ के कुरा छन् ?

इलेक्ट्रोनिक्स र कम्युनिकेसनका कुरा यथावत छन् । कम महत्वपूर्ण कोर्स झिकेर इन्फर्मेसन इन्जिनियरिङका नवीनतम कुरा राखेका छौँ । सुचना प्रविधिमा आधारित परिवर्तित जमानालाई मध्यनज गर्दै सुचनालाई कसरी कम्प्युटरको माध्यमबाट मानिसको हितमा उपयोग गर्ने भन्नेबारे कोर्स थपेका छौँ ।

नेपालमा इन्जिनियरिङका कुन—कुन विधामा बढी आकर्षण छ ?

नेपालको परिप्रेक्ष्यमा इन्जिनियरिङ विषयमध्ये सिभिलमा विद्यार्थीको चाप बढी छ । त्यसपछि कम्प्युटर, बिआर्कमा आकर्षण राम्रो छ । अरुमा विगत वर्षहरुदेखि नै विद्यार्थी कम भइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङका उत्पादनको गुणस्तर कस्तो छ ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ कलेजहरुको राम्रो ख्याति छ । त्रिभुवन विश्वविद्यालयका आफ्नै चार कलेज छन् । सम्बन्धनप्राप्त नीजि क्षेत्रका ६ वटा कलेज छन् । यी सबै इन्जिनियरिङ कलेजका उत्पादनको गुणस्तर एकदमै राम्रो छ । हाम्रो उत्पादन पनि स्वभाविक रुपमा राम्रा छन् ।

विदेशका कुनै शैक्षिक संस्थासँग पनि सहकार्य गरिरहनुभएको छ कि ?

काठमाडौं इन्जिनियरिङ कलेजको विदेशका धेरै कलेजहरुसँग पनि एमयु गरेको छ । केईसीबाट पास आउट भएका हाम्रा विद्यार्थीले विदेशका राम्रा र ख्यातिप्राप्त विश्वविद्यालयमा छात्रवृत्तिमा माष्टर्स र पीएचडी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.