हेटौडा मालपोत कार्यालयमा तोडफोड

हेटौडा मालपोत कार्यालयमा तोडफोड

हेटौँडा : थाहा नगरपालिकास्थित मालपोत कार्यालय शिखरकोटमा अज्ञात समूहले आक्रमण गरी तोडफोड गरेका छन्। पालुङ इलाका प्रहरी कार्यालयका अनुसार प्रहरी कार्यालय नजिकै रहेको उक्त कार्यालयमा बिहान करिब ११:२० बजे सातजना मुखुण्डो र चस्मा लगाएर आएका समूहले कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका हुन्। 

कार्यालय तोडफोड गर्न थालेपछि आफू भागेर प्रहरीलाई खबर गर्न पुगेको कर्मचारी रामचन्द्र लामाले बताए। उनीहरूले कार्यालयमा रहेको चार थान कम्प्युटरका साथै टेबुल, कुर्ची र दराजसमेत तोडफोड गर्नुका साथै कार्यालयको फाइल छरपष्ट पारिदिएका थिए।

करिब पाँच मिनेट भित्रै तोडफोड गरी आक्रमणकारी थहानगर-४ किटेनीतर्फ भागेको अर्का कर्मचारी नारायण दहालले बताए। घटनास्थलबाट प्रहरीले एक थान मोबाइल फेला पारेको र उनीहरूको खोजीकार्य भइरहेको प्रहरी प्रमुख ध्रुवप्रसाद शिलवालले बताए। रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.