२० हजार घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
![२० हजार घुससहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/20180422193737_Ghus_kOZcJavelR.jpg)
काठमाडौं : नेपाल विद्युत प्राधिकरण काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठका उपकेन्द्रका एक कर्मचारी घुससहित पक्राउ परेका छन्। इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुससहित पक्राउ गरेको हो।
घरमा नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारको टोलीले उनलाई कार्यालय अगाडिको चियापसलबाट आइतबार पक्राउ गरेको हो। अख्तियारले उनलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)