जंगलमा प्रधानाध्यापकको हत्या, चार युवा पक्राउ
नुवाकोट : शिखरवेशीका एक विद्यालयका प्रधानाध्यापकको हत्या आशंकामा प्रहरीले आइतवार चार जनालाई पक्राउ गरेको छ ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वस्थित दुप्चेश्वर गाउँपालिका–६ को बाँसबोटे जंगलको भिरबाट लडेको अवस्थाम स्थानीय विद्यालयका प्रअको शव शनिवार फेला परेपछि प्रहरीले गाउँका चारजनालाई पक्राउ गरेको हो ।
स्थानीय नवज्योति आधारभुत विद्यालयका प्रअ ५० वर्षीय गणेशवहादुर पण्डितको घरदेखि चारसय मिटर पर जंगलको भीरबाट खसेर ज्यान गएको घटनाको अनुसन्धानको क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुविरुद्ध आइतवारै नुवाकोट जिल्ला अदालत बिदुरमा कर्तव्य ज्यान मुद्दाा दायर गरि चार दिनको म्याद थप भएको छ । विद्यालयवाट घर हिडेंका पण्डित शुक्रवार राति अबेरसम्म घर नफर्किएपछि बाँसबोटे भीरमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका थिए ।
प्रहरीका अनुसार मृतक प्रअ पण्डित र पक्राउ परेकाहरु शुक्रवार बेलुकी रामती बजारमा सँगै वबेर खाजा खाएका थिए । उनको शव आइतवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरी शव आफन्तको जिम्मा लगाइएको भट्टराइले बताए । प्रअ पण्डितलाई हत्या गरेर शव जंगलको भीरमा फालेको मृतकका आफन्तजनको दाबी छ ।
त्यही दिन राति १० बजे सम्म रामती बजारमा रहेका प्रअ पण्डितको घर फर्कने हत्या भएकोे प्रहरीले आशंका गरेको छ । टाउकोमा गम्भीर चोट देखिएकाले घटना शंकास्पद रहेको र थप छानविन हुनुपर्ने परिवारजनको माग रहेको छ ।