जंगलमा प्रधानाध्यापकको हत्या, चार युवा पक्राउ

जंगलमा प्रधानाध्यापकको हत्या, चार युवा पक्राउ

नुवाकोट : शिखरवेशीका एक विद्यालयका प्रधानाध्यापकको हत्या आशंकामा प्रहरीले आइतवार चार जनालाई पक्राउ गरेको छ । 

सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वस्थित दुप्चेश्वर गाउँपालिका–६ को बाँसबोटे जंगलको भिरबाट लडेको अवस्थाम स्थानीय विद्यालयका प्रअको शव शनिवार फेला परेपछि प्रहरीले गाउँका चारजनालाई पक्राउ गरेको हो । 

स्थानीय नवज्योति आधारभुत विद्यालयका प्रअ ५० वर्षीय गणेशवहादुर पण्डितको घरदेखि चारसय मिटर पर जंगलको भीरबाट खसेर ज्यान गएको घटनाको अनुसन्धानको क्रममा उनीहरु पक्राउ परेका हुन् । 

पण्डितको हत्या आशंकामा स्थानीय २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङलाई आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । 

उनीहरुविरुद्ध आइतवारै नुवाकोट जिल्ला अदालत बिदुरमा कर्तव्य ज्यान मुद्दाा दायर गरि चार दिनको म्याद थप भएको छ । विद्यालयवाट घर हिडेंका पण्डित शुक्रवार राति अबेरसम्म घर नफर्किएपछि बाँसबोटे भीरमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका थिए । 

प्रहरीका अनुसार मृतक प्रअ पण्डित र पक्राउ परेकाहरु शुक्रवार बेलुकी रामती बजारमा सँगै वबेर खाजा खाएका थिए । उनको शव आइतवार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरी शव आफन्तको जिम्मा लगाइएको भट्टराइले बताए । प्रअ पण्डितलाई हत्या गरेर शव जंगलको भीरमा फालेको मृतकका आफन्तजनको दाबी छ । 

त्यही दिन राति १० बजे सम्म रामती बजारमा रहेका प्रअ पण्डितको घर फर्कने हत्या भएकोे प्रहरीले आशंका गरेको छ । टाउकोमा गम्भीर चोट देखिएकाले घटना शंकास्पद रहेको र थप छानविन हुनुपर्ने परिवारजनको माग रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.