दीपक हेमकार परिवारका पाँचजनाको ससुराबाटै हत्या !

दीपक हेमकार परिवारका पाँचजनाको ससुराबाटै हत्या !

नेपालगन्ज : नेपालगन्जको सदरलाइनमा १४ वर्ष अघि न्यू दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकारसहित पाँचजनाको हत्या उनकै ससुराबाट भएको प्रहरी अनुसन्धानबाट रहस्य खुलेको छ। 

हत्यामा परिवारकै सदस्यको संलग्नता रहेको आशंका गर्दै आएको प्रहरीले शनिबार जमुनाहाबाट हत्याकाण्डका मुख्य योजनाकार किशोरीलाल सोनीलाई पक्राउ गर्न सफल भएपछि घटनाको १४ वर्षपछि प्रहरीले आशंकालाई सत्य साबित गरेको हो। 

भारतको उत्तर प्रदेश सीतापुर जिल्ला विसवाँ बजार घर भइ हाल लखनउको सीतापुरस्थित प्रियदर्शनी कालोनीरोडमा बस्दै आएका अभियुक्त सोनी दीपक हेमकारका आफ्नै ससुरा हुन्। 

जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेको सूचनाका आधारमा शनिबार बिहान ८ बजे सोनीलाई प्रहरीले पक्राउ गरेको हो। 

‘घटनाको तीन महिनाभित्रै दीपक पत्नी दीपाले जग्गा बेच्नु र ज्वेलर्स पसल बेचेर जानुले पनि हामीलाई शंका लागेको थियो’, नेपाल प्रहरीको सिआइबीमा रहँदासमेत यो घटनाको अनुसन्धान गरेका बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले आइतबार पत्रकार सम्मेलन गरी भने, ‘प्रहरी अनुसन्धान जारी थियो। हामी मुख्य योजनाकारकै खोजीमा थियौं। पक्राउ गर्न सफल भयौं। यो प्रहरीका लागि ठूलो सफलता हो।’

घटनाका मुख्य योजनाकार पक्राउ परे पनि दीपक पत्नी दीपा लगायत शंकास्पद ब्यक्तिको प्रहरीले खोजी गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले आर्थिक कारोबार नै हत्याको मुख्य कारण भएको थाहा भएको छ। दीपक र उनका ससुरा दुबै सुनचाँदी व्यवसायी भएकाले विवाह लगत्तैदेखि कारोबारमा कुनै समस्या रहेको प्रहरीले जनाएको छ। 

२३ चैत २०६२ मा नेपालगन्ज –११ (साबिक वडा नं. १५) को न्यू दीप ज्वेलर्सका सञ्चालक ३२ वर्षका दीपक हेमकार, उनकी ८२ वर्षीया हजुरआमा गुलावदेवी हेमकार, बावु ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया आमा सीतादेवी हेमकार र ज्वेलर्समा काम गर्ने साबिक खास कुश्मा–१ कुसुमका १५ वर्षीय राम शनिश्चर चौधरीको हत्या भएको थियो। सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर रुद्रघण्टी काटेर सबै जनाको एकै प्रकृतिमा हत्या गरिएको थियो। 

अभियुक्त सोनी भारतमा पनि यसअघि नै व्यक्ति हत्यामा जेल सजाय भोगिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि सात दिनको म्याद गरी अनुसन्धान जारी राखेको बाँके प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.