कसरी छान्ने राम्रो विषय

कसरी छान्ने राम्रो विषय

स्कुल लेभल पार गरेर क्याम्पस प्रवेश गरेका विद्यार्थीलाई कुन विषय छान्ने, कुन विषयमा भविष्य छ भनेर लेखाजोखा गर्न कठिन हुन्छ । बजारमा शिक्षण संस्थाबीच हुने अस्वस्थ्य प्रतिस्पर्धाले त झन् विद्यार्थीलाई अलमलमा पारेको हुन्छ । साथीहरूको लहलहैमा लागेर बिना पर्याप्त जानकारी विषय छान्ने र बीचैमा पढाइ छाड्ने सम्भावनासमेत हुन्छ ।

यसले एकातिर समय बरबाद भइरहेको हुन्छ भने अर्कोतिर पढेपछि डिग्री मात्रै हात लाग्ने र काम पाउन गाह्रो हुनेसमेत हुन सक्छ । यहाँ कसरी विषय छान्नेबारे टिप्स दिइएको छ :
तपाईंको रुचिअनुसार विषय छान्नुहोस्

पढ्ने विषय छनोट गर्दा आफ्नो रुचि प्रस्ट हुनुपर्छ । कसैको दबाब वा लहलहैमा छानेको विषय भविष्यमा काम नदिन समेत सक्छ । पटकपटक पढाइमा समय खर्चिन नसकिने हुनाले बेलैमा होस पुर्‍याउन जरुरी छ ।

उचित सल्लाहकार छान्नुहोस्

हिजो आज अधिकांश कलेजमा सल्लाहकार नियुक्त गरिएको हुन्छ । उनीहरूले तपाईंका जिज्ञासा समाधान गरिदिनुका अतिरिक्त सही सल्लाहसमेत दिन सक्छन् । उनीहरूको सल्लाह तपाईंलाई पनि उपयोगी हुन जरुरी छ, न कि सल्लाह दिने संस्थाको मात्र ।

खर्चको लेखाजोखा गर्नुुहोस्

ढाइमा तपाईं कति खर्च गर्न सक्नुहुन्छ, त्यसमा प्रस्ट हुनुहोस् । कहिलेकाहीँ खर्च धान्न नसकेर बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता हुन सक्छ । त्यसकारण धेरै खर्च गरेर जोखिम मोल्नुु हुँदैन । यसको सट्टा छात्रवृत्तिका लागि पहल गर्न सकिन्छ ।

परिवारसँग सल्लाह गर्नुुहोस्

क्याम्पसमा उच्च अध्ययनका लागि छान्ने विषय तपाईंको रुचिअनुसारको हुनुपर्छ । तर यसमा परिवारको सल्लाह पनि उत्तिकै महत्वपूर्ण हुन्छ । परिवारको सल्लाह र अनुमति भएन भने सहयोग नपाउन पनि सकिन्छ ।

नयाँ छान्ने, पुरानालाई नपन्छाउने

पुराना विषयको तुलनामा नयाँ विषय पढ्ने विद्यार्थीलाई रोजगारीको सम्भावना बढी हुन्छ । यसतर्फ समेत ध्यान दिन जरुरी छ । बजारको मागका बारेमा समेत प्रस्ट हुन जरुरी छ ।

अनुसन्धानमा सहज विषय छनोट 

विषय छनोट गर्दा उच्च तहको अध्ययन र त्यसको सहजताका बारेमा समेत जानकारी राख्नुपर्छ । माथिल्लो तहको अध्ययन गर्न सहज भएन भने त्यो पनि राम्रो हुँदैन ।

छिटै आफ्नो सिट सुरक्षित गर्नुुहोस्

कतिपय नयाँ र राम्रा विषयमा पढ्ने सिट पाउनै गाह्रो हुन्छ । यसका लागि चनाखो हुनुपर्छ । त्यसकारण एकै विषयमा मात्रै ध्यान केन्द्रित नगरेर विकल्पहरू पनि खोजी गरिरहनुुपर्छ ।

विद्यार्थीको प्यारो बन्न के गर्ने 
शिक्षकलाई टिप्स :

  • कक्षा कोठामा सधैं सकारात्मक बन्नुहोस् ।
  • विषयवस्तुको ज्ञान राख्नुहोस् ।
  • विद्यार्थीको रुचि र पठन सामग्रीबारे जानकारी राख्नुहोस् ।
  • विद्यार्थीलाई उत्प्रेरित गर्नुहोस् ।
  • हौसला बढाउनुहोस्।
  • विद्यार्थीका चाहना, आवश्यकताबारे प्रस्ट हुनुहोस् ।
  • अभिभावकसँग सम्बन्ध बढाउनुहोस् ।
  • गुनासो सुन्‍नु बानी गर्नुहोस् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.