चोरियो फेसबुकबाट पाँच करोड युजरको डाटा
एजेन्सी : फेसबुकको इतिहासमै सबैभन्दा धेरै ५ करोड युजर्सको डाटा चोरी भएको छ । फेसबुकले अहिले करिब ५ करोड युजर्सको टोकन जाँच गरेर रिसेट गरेको छ । अझै करिब ४ करोड युजर्सको टोकन जाँच गरेर रिसेट गर्ने काम भइरहेको फेसबुकले जानकारी दिएको छ ।
फेसबुकले यो समस्याको जाँच भइरहेको जनाउँदै अझै पनि कम्जोरी फेला पर्न सक्ने जनाएको छ । ५ करोड भन्दा धेरै फेसबुक युजर्सको डाटा ह्याकरले चोरी गरिसकेका छन् । यो फेसबुकको इतिहासमा सबैभन्दा ठुलो डाटा चोरीको घटना हो ।
युजरमाथि यति ठुलो क्षति भएपछि विख्यात अमेरिकन कम्पनी फेसबुकविरुद्ध युरोपियन युनियनको तर्फबाट १.६३ बिलियन डलर ( लगभग १९०० करोड रुपैयाँ) जरिबान गराउने तयारी भएको छ ।
वाल स्ट्रीट जर्नलको एक रिपोर्ट अनुसार युरोपमा फेसबुक प्राइभेसी रेगुलेटर हेर्दै आएको आयरल्यान्ड डाटा प्रोटेक्सनले एणक्सेस टोकन र डिजिटल की मार्फत ५ करोड फेसबुक युजरको ह्याक भएको बारे विस्तृतमा जानकारी मागेको छ ।
रिपोर्टमा भनिएको छ, ‘प्राइभेस वाचडग फेसबुरमाथि डाटा चुहावटका लागि १.६३ बिलियन डलरको जरिबाना लगाउन सक्नेछ ।'
प्राइभेसीको देखरेख गर्ने युरोपियन युनियनको एजेन्सीले भनेको छ, ‘हामीलाई गत मंगलबार फेसबुकका करोडौँ युजरको डाटा चोरी भएको थाहा भएपछि चिन्ता बढेको छ। यसले करोडौँ एकाउन्ट प्रभावित भएका छन् । तर फेसबुक अहिले पनि डाटा चुहावटको कारण बताउन असफल भएको छ । न त हामीलाई युजर्सको खतराबारेमा पनि बताइएको छ ।'
फेसबुकका एक प्रवक्ताले भने युरोपियन युनियनको एजेन्सीलाई उचित समयमा उचित जबाफ दिने बताउँछन् ।
समाचार अनुसार क्याम्ब्रिज अनालिटिकापछि भएको सबैभन्दा ठुलो फेसबुक ह्याकिङ्गमा लगभग ५ करोड फेसबुक यूजर्स एकाउन्ट प्रभावित भएका छन् । फेसबुकले यसको कारण एक्सेस टोकन या डिजिटल कीलाई बताएको छ।
जसको फाइदा उठाएर ह्याकरहरुले यस्तो गरेको फेसबुकको दाबी छ । ह्यकरले फेसबुक एक्सेस टोकनमा आक्रमण गरे जसबाट सीधै युजर एकाउन्ट्स प्रयोग गर्न सक्छन् । एक्सेस टोकन डिजिटल कीको प्रयोग गरेर युजरले फेसबुकमा बिना पासवर्ड रिइन्टर गरिएको लामो समयसम्म लग इन रहिरहन सक्छन् ।
मार्क जुकरबर्गको भनाइ
फेसबुकका संस्थापक मार्क जुकर्बगर्गले भनेका छन्, 'हामीले यसलाई बेलैमा समात्न सकेकोमा म खुसी छु । अब हामीले कम्जोरी सुधार गरिसकेका छौँ र खतरामा रहेका एकाउन्टलाई पनि ठीक गरिसक्यौँ । सत्य कुरा के हो भने हामीले निरन्तर नयाँ नयाँ टुलको विकास गर्नुपर्छ जसले यस्ता खतरालाई सुरुमै टार्न सकियोस् ।'