‘आतंककारी नजरले नहेरियोस्, हामी भूमिगत हुन चाहन्नौँ’
गुलरिया : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का भेरी ब्यूरो सदस्य प्रेम चलाउनेले सरकारले आफूहरुलाई आतंककारी नजरले हेरेकोमा गुनासो गरेका छन् ।
राष्ट्रियता, सीमा सुरक्षा लगायत विषयमा आवाज उठाउँदा सरकारले आतंककारी नजरले हेर्नु दुखद् भएको उनको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तीकारी) बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपालको संविधानको प्रस्तावना र वुँदा नम्वर ३ मा दिइएको संघ संघठन खोल्ने अधिकार मिच्दै आफूहरुमाथि आतंकारी विल्ला भिराएको उनको भनाइ छ । उनले भने, ‘हामी भूमिगत हुन चाहँदैनौँ । राष्ट्रियता लगायत जनजीविकाको विषय लिएर केपी ओली र प्रचण्ड आए वार्ता गर्न तयार छौँ ।’
तर सरकार दमनको रुपमा प्रस्तुत भए आफूहरु कुनै हालतमा चुप लागेर नबस्ने उनको चेतावनी थियो । आरोप छ । देशमा ब्याप्त हत्या, हिंसा, वलात्कार सीमा ज्यादती रोक्नुपर्ने बताए ।विप्लव समुहका थुप्रै नेता–कार्यकर्तालाई देशका विभिन्न स्थानबाट सरकारले पक्राउ गरेको छ।