क्यान्सरमाथिकाे रिसर्चलाई नोवेल पुरस्कार

क्यान्सरमाथिकाे रिसर्चलाई नोवेल पुरस्कार

वासिङ्टन : सन् २०१८ को चिकित्सातर्फको नोवेल पुरस्कार अमेरिकाका जेम्स पी एलिसन र जापानका ताकुसु होन्जोलाई प्रदान गरिएको छ ।

शरिरमा क्यान्सर रोगको प्रतिरोधात्मक क्षमताको क्षेत्रमा दुई वैज्ञानिकले पाएको उपलब्धिको सम्मान गर्दै उनीहरुलाई यस वर्षको पुरस्कार दिइएको हो ।

क्यान्सर रोग उपचारको इतिहासमै एक फड्को मार्न सकेको भन्दै उनीहरुको नाममा सोमबार पुरस्कार घोषणा भएको हो । भिन्दा भिन्दै तवरले कार्यरत डाक्टरद्धय एलिसन र होन्जोले विकास गरेको उपचार विधिलाई नोवेल पुरस्कार छनोट समितिले ‘क्यान्सर थेरापीमा संसारकै एक नयाँ सिद्धान्त’ भन्दै प्रसंसा गरेको छ ।


७६ वर्षका डा. होन्जो जापानको क्योटो विश्वविद्यालयमा लामो समयदेखि प्रध्यापन क्षेत्रमा सक्रिय छन् । यसअघि उनले ओसाका विश्वविद्यालय, टोक्यो विश्व विद्यालय र ‘नेश्नल इन्स्टिच्युट अफ हेल्थ वासिङ्टन’मा अनुसन्धाताको रुपमा कार्यरत थिए । ७० वर्षीय डा. एलिसन टेक्सास एमडी क्यान्सर सेन्टरमा इम्युनोलोजी विभागका प्रमुख हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.