चितवनका विकल्पराज श्रेष्ठ मिस्टर नेपाल, जिते सुजुुकीको मोटरसाइकल
काठमाडौं: चितवन रामघाटका २५ वर्षीय विकल्पराज श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०१८’ घोषित भएका छन् । बीबीएस चौथो वर्षमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुमेका हुन् ।
‘बलात्कारीका लागि उपयुक्त सजाय के हुन सक्छ ?’ निर्णायकमध्येका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी बिजेता बन्न सफल भएका हुन् ।
सोसल मिडिया उपाधिसमेत हात पारेका श्रेष्ठले प्रतियोगितामा सुजुकी मोटरसाइकल, नगद रु ५० हजारका साथमा विभिन्न पुरस्कार प्राप्त गरे । श्रेष्ठले यसै बर्ष आयोजना हुने ‘मिष्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
मिस्टर नेपाल का बिजेता विकल्प श्रेष्ठलाइ सुजुकी मोटरसाइकलको चाबी दिँदै सुजुकीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले समाजमा लुकेका प्रतिभालार्इ विश्वसम्म पुर्याउन पाउँदा खुसी लागेको बताए ।
दरबारमार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दीप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेनइन्टनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए ।
महर्जन, केसी, न्यौपाने र चौधरीले नगद २० हजारसहित विभिन्न पुरस्कार थाप्दा परियार, बराल र श्रेष्ठले नगद १५ हजार सहित विभिन्न उपहार प्राप्त पारे ।
कलाकार सुनिल थापा, पूर्व डीआइजी बिज्ञानराज शर्मा, गीतकार डा. कृष्णहरि बराल, बैंकर रबिना देशराज जोशी, फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बा निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्ट मोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए । सबैले नगद १० हजारसहित अन्य उपहार हात पारे ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर गर्दै उज्वल भविश्य निर्माणमा अग्रसर गराउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको एक्सपोज नेपालकी सिइओ अर्चना थापाले बताइन् ।