चेस ओलम्पियाड : उपाधि दौडमा पुरुष टोली

चेस ओलम्पियाड : उपाधि दौडमा पुरुष टोली

जर्जिया : जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ । शनिबार एक दिनको विश्रामपछि आइतबार राति खेलिएको खेलमा नेपालले आफूभन्दा तीन स्थानमाथि रहेको       श्रीलंकालाई २.५-१.५ अंकले हरायो । छैटौं चरणको जितसँगै नेपालले कुल आठ अंक बनाएको छ । चेस ओलम्पियाडमा नेपालको यो हालसम्मकै उत्कृष्ट नतिजा हो ।

नेपालले आगामी खेलमा यही लयलाई निरन्तरता दिए पदकको सम्भावना बलियो बन्ने निश्चित छ । नेपाल पुरुषतर्फ ३५ देश सम्मिलित समूह ‘डी’ को शीर्ष स्थानमा छ । नेपालका रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । वरीयतामा एक सय १८औं स्थानमा रहेको नेपालले एक सय १५औं वरीयताको       श्रीलंकामाथि जित निकाल्दा रिजेन्द्र र नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले जित हात पारेका थिए ।

रिजेन्द्रले २१२१ रेटेड खेलाडी लसुरा अलाहाकनलाई पराजित गरे । मदनकृष्णले भने २१३९ रेटेड खलाडी निपुन पियुमन्थालाई हराए । रिजेन्द्रले ३६औं चालमा लसुरालाई निराश बनाएका थिए । उनले ६ खेलमा चार जित हात पारेका छन् । व्यक्तिगत ४.५ अंक बनाइसकेका रिजेन्द्र फिडे मास्टरको उपाधितर्फ पनि उन्मुख बनेका छन् ।

मदनकृष्णले भने ४६औं चालमा       श्रीलंकाली खेलाडीलाई खेल त्याग्न बाध्य बनाएका थिए । अर्को खेलमा विवेक थिङले जीएम एच तिलकरत्नेसँग बराबरी खेले भने रूपेश जैसवाल श्रीलंकाका सञ्जुला मिनुलसँग पराजित भएका थिए । सातौं चरणको खेलमा नेपालले आफूभन्दा धेरै बलियो प्रतिद्वन्द्वी इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली वरीयताको ३४औं स्थानमा छ । इटालियन टोलीमा तीनजना जीएम छन् ।

यसैगरी महिलातर्फ छैटौं चरणको खेलमा नेपालले प्यालेस्टाइनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । महिलामा त्यति जम्न नसकेको नेपालका लागि छैटौं चरणमा मोनालिसा खम्बु र सुजना लोहनीले जित निकाले । सिन्दिरा जोशी र खुश्बु थापा पराजित भए । सातौं चरणको खेलमा नेपाली महिला टोलीले आफूभन्दा बलियो टोली सुरिनामसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.