साफ यू-१८ महिला फुटबल : समूह विजेता बन्ने दाउ

साफ यू-१८ महिला फुटबल : समूह विजेता बन्ने दाउ

काठमाडौं : यसअघि नै सेमिफाइनलको यात्रा तय गरिसकेको नेपालले भुटानमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१८ महिला फुटबल च्याम्पियनसिपको समूहगत चरणको आफ्नो अन्तिम खेलमा मंगलबार बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले यो खेलमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्ने लक्ष्य लिएको छ ।

यद्यपि नेपाललाई आफ्नो उद्देश्य पूरा गर्न सहज भने पक्कै हुने छैन । बंगलादेश प्रतियोगिताको उपाधि दाबेदार टोली हो । जारी प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा पनि बंगलादेश नेपालभन्दा बलियो देखिएको छ । समूह एअन्तर्गतको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० गोलले पराजित गर्दा आइतबार भएको खेलमा बंगलादेशले त्यही पाकिस्तानविरुद्ध १७-० गोलको भारी अन्तरले हराएको थियो ।

त्यसैले नेपाललाई समूह एको विजेता टोली बन्न बंगलादेशविरुद्ध कुनै पनि अवस्थामा जित आवश्यक छ । नेपाली टोली पराजित भए वा बराबरीको नतिजा निकाले बंगलादेश नै समूह एको विजेता बन्नेछ । त्यसैले नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध जितको रणनीति बनाएको हो । यो खेलको जितले प्रतियोगिताको बाँकी खेलमा नेपाली टोलीको मनोबल थप उच्च बन्नेछ । साफले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिताको उपाधि उचाल्ने सम्भावना पनि नेपालको बलियो बन्नेछ ।

बंगलादेशविरुद्ध जित हात पार्न नेपाली टोलीले हरेक क्षेत्रमा सशक्त प्रदर्शन गर्नु आवश्यक छ । प्रतियोगितामा बंगलादेशको मिडफिल्ड र आक्रमण निकै सशक्त देखिएको छ । त्यसैले नेपाली मिडफिल्ड र स्ट्राइकरले बंगलादेशको रक्षापंक्तिलाई तोड्नु मात्र होइन, उनीहरूको आक्रमणलाई निस्तेज पार्न रक्षापंक्तिले पनि निकै मेहनत गर्नु आवश्यक छ । भुटानको चामलिमिथाङ राष्ट्रिय स्टेडियममा हुने खेल स्थानीय समयअनुसार बेलुका ७ बजे सुरु हुनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.