प्रधानमन्त्री अभिभावक बनेका विद्यार्थी गयल

प्रधानमन्त्री अभिभावक बनेका विद्यार्थी गयल

सिरहा : विद्यार्थी भर्ना अभियानका क्रममा गत असार ५ मा प्रधानमन्त्री केपी ओलीले सिरहाका रामदुलारी माविका दुई दलित विद्यार्थीको अभिभाकत्व ग्रहण गरे। प्रधानमन्त्री ओलीले पवन मल्लिक र रुपाकुमारी खत्वे मण्डललाई कक्षा १ मा भर्ना गराएका थिए।

प्रधानमन्त्री ओलीले आफू अभिभावक बनेका विद्यार्थी भविष्यमा डाक्टर वा इन्जिनियर बन्ने उद्घोष गरेका थिए। तर, ती विद्यार्थीको विद्यालयमा उपस्थिति न्यून छ। असारमा रुपा ११ र पवन ९ दिन मात्र विद्यालयमा उपस्थित भएको हाजिरीले देखाउँछ। विद्यालय भने असारमा १८ दिन खुलेको थियो। साउनमा विद्यालय बन्द भयो। भदौमा १९ दिन कक्षा सञ्चालन हुँदा पवन ४ दिन र रुपा १० दिन मात्रै विद्यालय उपस्थित भए।

ती विद्यार्थीबारे चासो बढेपछि असोजमा भने विद्यालय आउने क्रम बढेको छ। असोज १३ गतेसम्म रुपा ९ दिन र पवन ८ दिन विद्यालयमा हाजिर भएका छन्।

अभियानमै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित समुदायकै राहुल महराको अभिभाकत्व ग्रहण गरे। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोनुकुमार मण्डल अनि सिरहाका प्रमुख जिल्ला अधिकारीले मनीषा मल्लिकको अभिभाकत्व ग्रहण गरे। केन्द्रीय बाल कल्याण समितिले पनि आरएन साह, प्रिन्स गोस्वामी, शिवांगीकुमार साह, अंशु यादव, अमृताकुमारी मण्डल, कृष्णा मण्डल, मोहम्मद हसरत, सुशान्त यादव, सकिल अन्सारी र रवीन्द्रकुमार मण्डलको अभिभाकत्व ग्रहण ग¥यो। यी विद्यार्थीको पनि उपस्थिति न्यून छ।

प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले असोज १० मा रुपा र पवनको छात्रवृत्ति रकम २५ सय विद्यालयमा बुझाए। त्यो रकमबाट दुवै विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री किन्ने प्रधानाध्यापक लालदेव साहले बताए। शिक्षामन्त्री पोखरेल, मुख्यमन्त्री राउत, प्रमुख जिल्ला अधिकारी, केन्द्रीय बालकल्याण समितिले अभिभाकत्व ग्रहण गरेका विद्यार्थीको छात्रवृत्ति रकम आएको छैन।

‘ती विद्यार्थीका अभिभावक शिक्षित छैनन्, मजदुरी गरी जीविका चलाउँछन्’, प्रअ साहले भने, ‘अभिभावकले ध्यान नदिँदा उनीहरू नियमित विद्यालय आउँदैनन्।’ आफूले घर–घरमा पुगेर उनीहरूलाई विद्यालय पठाउन आग्रह गरिरहेको उनले सुनाए।

डोम समुदायका अन्य विद्यार्थी विद्यालय नगएको देखेर कहिलेकाहीं पवनले विद्यालय छाड्ने गरेको उनकी आमा अनारवती मल्लिकले सुनाइन्। ‘विद्यार्थी नियमित विद्यालय गए पनि पढाइ हुँदैन’, उनले भनिन्, ‘शिक्षकले नपढाएपछि विद्यार्थी कक्षाकोठामा जान छाड्छन्।’

कक्षा ९ मा अध्ययनरत अविनास साहले विद्यालयमा शिक्षक भए पनि कक्षाकोठा खाली हुने सुनाए। भने, ‘पूरा घण्टी कहिल्यै पढाइ हुँदैन। त्यसैले विद्यार्थी पनि नियमित आउँदैनन्।’ ६ महिना बित्न लाग्दा विज्ञान विषयमा तीन अध्याय मात्रै पढाइ भएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.