काठमाडौंसँग जोडियो कालिकोट

काठमाडौंसँग जोडियो कालिकोट

कालिकोट : कालिकोट आइतबारदेखि सीधै राजधानी काठमाडौंसँग जोडिएको छ। मध्यपश्चिम बस व्यवसायी समितिले पहिलो पटक आइतबारबाट कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि केन्द्रीय राजधानी काठमाडौंसम्म बस सञ्चालनमा ल्याएपछि कालिकोट राजधानीसँग जोडिएको हो।

आइतबार जिल्ला सदरमुकाम मान्मको जिरोप्वाइन्टमा तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले रिबन काटेर कालिकोट काठमाडौं बस सेवा उद्घाटन गरे। कर्णाली राजमार्गको सुरुदेखि नै नागरिकलाई सेवा प्रदान गर्दै आएको मध्यपश्चिम बस व्यवसायी समितिले पहिलो पटक कालिकोटदेखि काठमाडौंसम्म सीधै बस सेवा सञ्चालनमा ल्याएको हो।

कालिकोटदेखि काठमाडौं पहिलो पटक बस सेवा उद्घाटन गर्दै तिलागुफा नगर प्रमुख शाहीले अब नागरिकले ठूलो राहत पाउने बताए। उनले भने, ‘अब कालिकोटमा टिकट काटेर सीधै काठमाडौंको बसपार्कमा ओर्लिन पाइने भइयो।’ यस्तै, कार्यक्रममा मध्यपश्चिम बस व्यवसायी समितिका रुट इन्चार्ज धु्रव थापाले कालिकोटबाट काठमाडौंसम्म जाने यात्रुको सहजताका लागि सीधै बस सेवा सञ्चालन गरेको बताए। उनले अब कालिकोटको सदरमुकाम मान्मबाट हरेक दिन बिहान सवा ९ बजे बस छुट्ने जानकारी दिए। उनले भने, ‘अब कालिकोट–काठमाडौं बस सेवा नियमित हुन्छ। जसका लागि ६ वटा बस सञ्चालनमा ल्याइएको छ। यात्रुको चाप हेरेर बस थपिन पनि सक्छन्। उनले कालिकोट–काठमाडौं सञ्चालन हुने गाडीमा ३२ जनाको सिट रहेको र सिटभन्दा बढी यात्रुलाई कुनै हालतमा नराखिने बताए। आइतबार पहिलो पटक कालिकोटबाट काठमाडौंका लागि छुटेको ना.७ख २०५७ नम्बरको गाडीमा एक जना काठमाडौं जाने र ४ जना कोहलपुर जाने यात्रुले यात्रा गर्ने अवसर पाएका छन्।

कर्णाली राजमार्गको अवस्था उस्तै

कालिकोटदेखि काठमाडौंसम्म सीधै रात्रिबस सेवा सञ्चालन भएपछि यात्रामा जोखिम बढेको छ। ०६४ सालमा सेनामार्फत ट्र्याक खोलिएको कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा यात्रुले निकै सास्ती खेप्नुपरेको छ। सेनाले ट्र्याक खोलेको साँघुरो सडकलाई निर्माण व्यवसायीले ओटासिल कालोपत्रे गरे पनि ओटासिल गरेको वर्ष दिन नबित्दै सडक पुरानै अवस्थाजस्तो जीर्ण हुँदा यातायात सेवा सञ्चालनमा निकै चुनौती छ।

कर्णाली राजमार्गमा पाँच वर्षदेखि गाडी चलाउँदै आएका गाडी चालक दीपक थापाले भने, ‘राजमार्गमा पुल बनेका छैनन्। सडक निकै साँघुरो छ। अचानक अर्को साइटबाट आएको गाडीलाई साइट दिनुपर्दा ५ सय मिटरसम्म गाडी ब्याक गर्नुपर्छ। यो समस्या कहिले समाधान होला। हामीले सधँै सास्ती खेपिरहेका छौं। केही समयअघि कर्णाली राजमार्ग हिलाम्मे हुँदा राजमार्ग अवरुद्ध भएको सन्दर्भलाई सम्झिँदै उनले भने, ‘समयमै राजर्माग स्तरोन्नति होस्। अर्को वर्ष फेरि बर्खा लाग्दा यो वर्षकै जस्तो समस्या नदोहोरियोस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.