जबरजस्ती करणीको आरोपमा एक पक्राउ

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

फिदिम : महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथर प्रहरीले फिदिम नगरपालीका १२ का १९ वर्षीय सन्देश भनिने सुमन केरुङलाई पक्राउ गरेको छ। गत शनिबार सोही गाउँकी २६ वर्षीया युवतीलाई करणी गरेको आरोपमा केरुङलाई प्रहरीले पक्राउ गरेको हो। 

शनिबार राति कोठामा मोबाइलमा रहेको फोटो देखाउने बहाना गरी आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि केरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरीक्षक विष्णु खड्काले जानकारी दिए।

केरुङलाई आइतबार राति सोही गाउँबाट प्रहरीले पक्राउ गरेको हो।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.