तेल ट्यांकरमा गाँजा तस्करी

तेल ट्यांकरमा गाँजा तस्करी

काठमाडौं : पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्यांकरमा चिप्पड (प्रशोधित गाँजा) तस्करी गरेको भेटिएको छ । ना ४ ख ३९६९ नम्बरको ट्यांकरलाई मकवानपुरस्थित मनहरीबाट प्रहरीले दुई सय ९५ किलो चिप्पडसहित नियन्त्रणमा लिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले एक सातादेखि सुराकी परिचालन गरेको थियो । ट्यांकर चालक बारा जीतपुरका प्रल्हाद ठकुरीले मकवानपुरकै फाकलटारबाट उक्त परिमाणको चिप्पड संकलन गरि भारतको रक्सौल लैजानी तयारी गरेको प्रहरीले जनाएको छ । ठकुरीले एक पटक उक्त परिमाणको चिप्पड भारत पु¥याएबापत ४० हजार भारतीय रुपैंया पाउँदै आएको बयान प्रहरीलाई दिएका छन् ।

एनसीबीका निमित्त प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार ठकुरीले काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याएर खन्याएपछि फर्किएर जाँदा चिप्पड लैंजादै आएका थिए। उनले यसबारे ट्यांकर व्यवसायीलाई एनसीबीमा बोलाएर छलफल गर्ने बताए । 

‘पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले चिप्पड तस्करी गर्नु भनेको लज्जाको विषय हो,‘ पोखरेलले भने,‘ यो विषयमा हामी ट्यांकर व्यवसायीलाई बोलाएर छलफल गर्छौं ।’ चालकले व्यक्तिगत फाइदाका लागि चिप्पड तस्करी गरेको हो वा ट्यांकर धनीसमेत संलग्न छन् भन्नेबारे अनुसन्धान गरिने बताए ।

एनसीबीले चालक र बरामद चिप्पड जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चलान गरेको छ । गाँजा उत्पादनका हिसाबले मकवानपुर अग्रपंक्तिमा आउँछ। प्रहरीले गाँजा फडानी गरेकै हुन्छ तर गाँजा तस्करी रोकिएको छैन। 

एसएसपी पोखरेलले भने,‘ प्रहरीले विभिन्न अपरेसन चलाएर गाँजा फडानी गरिरहेकै बेला पनि तस्करी भईरहेको छ। विस्तृत छानविन गरेर स्थानीय प्रहरी युनिटको संलग्नता भेटिए कडा कारबाही गर्छौं।’ यसअघि गत वैशाखमा एनसीबीले एक सय ६० किलो चिप्पडसहित दुई जनालाई पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.