प्रहरी हवल्दार ३० हजार घुससहित समातिए
मलंगवा : भारतबाट समान ल्याउने व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मगंलवार पक्राउ गरेको छ ।
आयोगको बर्दिबासस्थित टोलीले प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई ३० हजाार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
भारतबाट नुन, तेल, चिनी र कपडा लगायतका समान नेपाल भित्र्याउन सहज वतावरण बनाइदिने भन्दै हवल्दार अन्सारीले व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेको अख्तियारको टोलीले जनाएका छन् । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि आयोगको इकाइ कार्यालय बर्दिबास लगिएको छ ।