बंगबन्धु गोल्डकप : पहिलो हाफमा पछि पर्‍यो नेपाल

बंगबन्धु गोल्डकप : पहिलो हाफमा पछि पर्‍यो नेपाल

काठमाडौँ : बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत ताजिकिस्तानविरुद्धको खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो हाफमै पछि परेको छ। 

नेपालले २७ औँ मिनेटमा पेनाल्टीबाट गोल खाएको हो । अघिल्लो पटक नेपालले बहराइनलाई पराजित गर्दै ५० हजार डलरसहित उपाधि उचालेको थियो । 

सिलेटस्थित रंगशालामा स्थानीय समयअनुसार साँझ ६ : ३० बजेपछि खेल भइरहेको छ । डिफेन्डिङ च्याम्पियन भएकाले नेपालले स्पष्ट जितसहित अघिल्लो चरणको खोजीमा हुनेछ । 

नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् । ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.