सुदूरपश्चिममा अन्नपूर्ण पोस्ट्सहितका पत्रिका जलाइयो

सुदूरपश्चिममा अन्नपूर्ण पोस्ट्सहितका पत्रिका जलाइयो

धनगढी : प्रदेशको स्थायी राजधानीका बारेमा समाचार प्रकाशन गरेको भन्दै कैलालीको अत्तरियामा अन्नपूर्ण पोस्ट् दैनिक जलाइएको छ। कोहलपुरस्थित प्रेसबाट सुदूरपश्चिम प्रदेशका लागि आएको पत्रिका अत्तरियामा ९/१० जनाको समूहमा आएका युवाहरुले जलाएका हुन् । अत्तरिया र सात पहाडी जिल्लाका लागि जाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले बताए । 

उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो । 

गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भएको थियो । अन्नपूर्ण पोस्ट्ले उक्त आन्दोलनको समाचार सम्प्रेषण गरेको थियो । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाले समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक पनि जलाएका प्रत्यक्षदर्शीले बताएका छन् । 

अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेता यज्ञराज जोशीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.