विमला र पुनम विश्व बक्सिङमा

विमला र पुनम विश्व बक्सिङमा

काठमाडौं : त्रिभुवन आर्मी क्लबका विमला श्रेष्ठ र पुनम रावलले आगामी नोभेम्बरमा आयोजना हुने विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । आइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँदिल्लीमा आयोजना हुँदै छ । उक्त प्रतियोगितामा नेपालबाट ५१ केजीभन्दा मुनिको तौलसमूहमा विमला र ६० केजीभन्दा मुनिको तौलसमूहमा पुनमले प्रतिस्पर्धा गर्नेछन् ।

विश्व च्याम्पियनसिपका लागि काठमाडौंमा भएको छनोट प्रतियोगिताबाट विमला र पुनम छनोट भएका हुन् । सातदोबाटोमा दुई दिनसम्म चलेको छनोट प्रतियोगिताको फाइनलमा मंगलबार विमलाले आफ्नै क्लबकी मनु गुरुङलाई अंकका आधारमा ५-० ले पराजित गरिन् । यसैगरी ६० केजीतर्फ आर्मीकी पुनमले प्रतिस्पर्धात्मक खेलमा एपीएफ क्लबकी संगीता सुनारलाई ३-२ ले पराजित गरिन् ।

यसैबीच विश्व च्याम्पियनसिपका लागि छनोट भएका पुनम र विमलालाई खेलकुद प्रवद्र्धन संस्थाका पुष्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले प्रोत्साहन पुरस्कार जनही पाँच हजार रुपैयाँ प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.