व्यक्तिगत भ्रमणमा चन्द्रमा
चन्द्रमामा पुग्ने रहर कसलाई नहोला र ? तर सबै रहरहरू पूरा हुँदैनन्। चन्द्रमामा पुग्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो सपना रहेको बताउँछन्, युसाकु माइजवा। उनले भने, ‘म सानैदेखि चन्द्रमालाई खुबै मन पराउँथे।’ अनलाइन रिटेलर युसाकु जापानी बिलिनियर नागरिक हुन्।
अझ महत्वपूर्ण कुरा के हो भने निजी रूपमा चन्द्रमा भ्रमण गर्न जाने पहिलो नागरिक बन्दै छन् युसाकु। अमेरिकी कम्पनी ‘स्पेस एक्स’ ले भनेको छ, ‘युसाकु माइजवा हाम्रो पहिलो ग्राहक हुन्।’ स्पेस एक्सले निर्माण गरिरहेको ‘बिग फाल्कोन रकेट’ (बीएफआर) मार्फत उनले चन्द्रमाको उडान भर्नेछन्। यो रकेट निर्माणाधीन छ।
चन्द्रमाको ट्रिप सन् २०२३ मा भर्ने स्पेस एक्सको योजना छ। स्पेस एक्सले २०१७ फेब्रुअरीमा घोषणा गरेको थियो, हामीले दुई जना यात्रुलाई चन्द्रमामा लैजाँदैछौं। एक वर्षपछि गत १७ सेप्टेम्बरका दिन कम्पनीका मालिक इलोन मस्कले आफ्नो पहिलो ग्राहक माइजवा भएको घोषणा गरे।