नायक खोज्दै छिरिङ

नायक खोज्दै छिरिङ

काठमाडौं  : ‘ सूर्य अस्तायो भनेर कालो रात रमाउने गर्छ तर नबिर्स सूर्य भोलि फेरि उदाउनेछ ।’ फिल्म ‘छिरिङ’को यो संवाद सुनेपछि यस्तो लाग्छ, हाम्रो देश एक यस्तो नायकको खोजीमा छ जसले समाजका बेथिति जरैदेखि उखेलेर फ्याँक्न सकोस् । यस्तो नायक जसले आफ्नो ज्यानभन्दा देशको रक्षा गरोस् ।

माथिल्लो मुस्ताङका रमणीय भूभागमा छायांकन गरिएको यो फिल्ममा छिरिङ नामका दुई पात्र छन् । यी दुवैको उद्देश्य एउटै छ, त्यो हो गाउँमा अत्याचारको अन्त्य गरी शान्ति र विकास ल्याउनु । तर, असली छिरिङ को हो भन्ने भ्रमलाई फिल्मको अन्त्यसम्म कायम राखिएको छ । यशकुमारले आफू छिरिङ भएको बताइरहँदा पूरै गाउँलेको होश उड्छ किनकि वास्तविक छिरिङ (रीमा रुम्बा)को मृत्यु एक वर्षअगाडि नै मृत्यु भइसकेको हुन्छ ।

सानैमा छिरिङलाई विदेशीले अमेरिका लगेका छन् । धेरै वर्षपछि एक दिन छिरिङले गाउँमा आमालाई फोन गर्छ, ‘आमा म घर आउँदै छु ।’ गाउँ फर्किएपछि छिरिङले देख्छ, न गाउँमा बाटोघाटो बनेको छ न बिजुलीको ठेगान छ । विद्यालय भेँडा र चौंरीगाईको गोठ बनिसकेका छन् । आम्दानीको कुनै स्रोत छैन । पूरै गाउँ जिग्मे डनको ऋणी बनेको छ । फिल्मले यी कथाहरू बुन्दै जाँदा एकाएक दर्शक ७० को दशकमा पुग्छन् । फिल्मका कतिपय संवाद पुराना सिनेमाका जस्तो लाग्छन्— ‘छिरिङ हो मेरो नाम, छिरिङ’, ‘बुद्धलाई बाँदर बनाइस् लंका त जल्छ नै’, ‘चाहिँदैन यस्तो परिवर्तन जुन परिवर्तन पाउन सैयौंको लासमाथि टेकेर अगाडि बढ्नु परोस् ।’

फिल्ममा उठाइएका मुद्दा सान्दर्भिक छन् । देश प्रजातन्त्रबाट संघीयतासम्म आइपुग्दा पनि विकास र समृद्धिले फड्को मार्न नसक्नु, तस्करीले प्रोत्साहन पाउनु, यार्सागुम्बा कौडीको भाउमा बेचिनु । फिल्मको सिनेमेटोग्राफी भने गज्जबको छ । अर्कोतर्फ फिल्मको एक्सन दमदार छ ।

फिल्मका प्राकृतिक दृश्य प्रशंसा गर्नलायक छन् । कलाकारको कस्ट्युम, बोलीचाली र परिवेशले फिल्मलाई आकर्षक बनाएको छ । फिल्मको पर्दामा सानो अक्षरमा एक स्लोगन बारम्बार देखाइन्छ, ‘मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेलमेट प्रयोग गरौं ।’ फिल्मभरि नै छिरिङ एउटा यस्तो आदर्श पात्र बनेको छ जो समाजको व्यथिति र विसंगतिसँग लड्छ । अन्यायविरुद्ध आवाज उठाउँछ । समाजको नेतृत्व गर्छ । वास्तवमा फिल्ममा एउटा ठूलो लडाइँ छ । त्यो लडाइँमा होमिने एक नायक देखाएको छ छिरिङले । अनि अरू थुप्रै लडाइँ जित्न छिरिङजस्तै नायकको खोजी पनि फिल्मले गरेको छ ।

फिल्ममा दुई चर्चित गायक यशकुमार र निमा रुम्बाको प्रमुख भूमिका छ । कागबेनीजस्तो चलचित्रमा अभिनय गरिसकेका निमा रुम्बाले एक्सन फिल्म छिरिङमा आफ्नो भूमिकालाई न्याय गर्न खोजेका छन् । यता यशकुमारले एक्सन हिरोको रूपमा आफूलाई परिचित गराउन खोजेका छन् । यही फिल्मबाट डेब्यु गरेकी नायिका कामना भुजेल हिमाली छोरीको भूमिकामा फिट देखिएकी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.