नोवेल विजेता सत्यार्थी धार्मिक संघठनमा प्रमुख अतिथि !
नयाँ दिल्ली : विजया दशमीको क्रममा भारतीय हिन्दुवादी पार्टी आरएसएसले गर्ने एक विशाल कार्यक्रममा नोवेल पुरस्कार विजेता कैलास सत्यार्थी प्रमुख अतिथि बन्ने भएका छन् ।
राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले नागपुरमा आगामी अक्टोबर १८ मा गर्ने विजया दशमी विशेष कार्यक्रममा सत्यार्थी प्रमुख अतिथि बन्ने भएका हुन् ।
आरएसएसले आफ्ना आगन्तुकलाई सत्यार्थीको प्रमुख आतिथ्य हुने भन्दै पत्राचार गर्न थालेको छ । आरएसएस बृत्तमा उक्त कार्यक्रमलाई सर्वाधिक हेरिने कार्यक्रको रुपमा लिइन्छ ।
खासगरी सत्यार्थीको स्वच्छ छविको व्यक्तित्वमाथि यसले धार्मिक तथा राजनीतिक पूर्वाग्रह देखिनसक्ने भन्दै केही टिप्पणी पनि आउन थालेका छन् । जब कि, सत्यार्थीले कुनै प्रतिक्रिया दिएका छैनन्।