सात रुसी अधिकारीमाथि अमेरिकाको अभियोग
वासिङ्टन : अमेरिकाको कानुन विभागले रसियाका सात जना सैनिक अधिकारीलाई ‘डोपिङ एजेन्सी’ र केही संस्थाका सुचना ‘ह्याक’ गरेको अभियोग लगाएको छ ।
नेदरल्याण्डको रक्षा मन्त्रालयले रसियाका जासुसी गतिविधिबारे आपत्ति जनाएको केही घण्टामै अमेरिकाको यस्तो आरोप लगाइएकाे हाे ।
नेदरल्याण्डको रसियन जासुसको संलग्नता चिन्ताजनक भन्दै यसबारे आपत्ति जनाएको थियो । यसअघि बेलायत सरकारले समेत रसियन गतिविधिले गर्दा रसियालाई नै अन्तर्राष्ट्रिय समुदायबाट एक्लाउने भन्दै आपत्ति जनाएको थियो । पछिल्लो पटक अमेरिकाले रसियन जासुसी गतिविधिमाथि आपत्ति जनाएको हो।