दशैं-तिहारमा कडा सुरक्षा, सिसी क्यामेरा र एम्बुसिङ

दशैं-तिहारमा कडा सुरक्षा, सिसी क्यामेरा र एम्बुसिङ

पोखरा : चाडवाड नजिकिए सँगै कास्की प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । पोखरा बजार र ग्रामिण क्षेत्रमा छुट्टा छुट्टै सुरक्षा सञ्जाल संचालन गरी जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ ।

सिआरबी, मोवाइल गस्ती, पैदल गस्ती, चारी गर्नेलाई झुक्याएर समाउने गरी १९ स्थानमा एम्बुसिङ, सादा पोशाकमा गस्ती, दुर्घटना गराएर भाग्नेलाई कड एण्ड सर्च, मोटरसाइकल गस्ती गरी विभिन्न १८ प्रकारका टीम बनाएर सुरक्षा रणनीति बनाएको हो ।

सुरक्षा टोली जिल्ला भरी परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानामगरले जानकारी दिए । दशैंमा पोखराका विभिन्न मन्दिरमा दर्शनार्थीको भीड लाग्ने र त्यही मौका छोपी मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको गरगहना र नगद चोरी हुने विषयमा समेत सचेत हुँदै यस्ता चोरीको घट्ना नियन्त्रण गर्न मन्दिरमा पनि सुरक्षाकर्मी खटाइने प्रहरीले बताएको छ ।

यस्तै चाडवाडमा बैंक, बित्तीय संस्था, सरकारी कार्यालय र आम नागरिकको सम्पतिको संरक्षणका लागि पनि सुरक्षा व्यस्था मिलाइको जिप्रका कास्कीका प्रमुख रानाले बताए । दशैं तिहारमा रक्सी खाएर अनियन्त्रित रुपमा सवारी साधन चलाएर दुर्घट्ना बढ्नसक्नेमा प्रहरी सचेत भएर सवारी चेकजाँच हप्ताको दुई दिनबाट बढाएर प्रत्येक दिन छड्को चेकजाँच समेत गरिने उनले सुनाए ।

पोखराका मुख्य सडकमा पोखरा महानगरपालिका र विभिन्न संघ संस्थाको सहयोगमा सिसी क्यामरा जडान गरेको छ । क्यामेराका कारण पनि सडक दुर्घट्ना घट्नुको साथै चोरी नियन्त्रणमा सघाउ पुग्ने कास्की प्रहरीको विश्वास छ ।पोखरा महानगरपालिका लगायत विभिन्न संघ संस्थाको सहयोगमा पोखराका मुख्य बजार पृथ्वीचोक, महेन्द्रपुल, सृजनाचोक, सभागृह चोक, लेकसाइड, जिरो किलो मिटर, जरेवर, तेस्रापट्टिी, पालिखेचोक लगायतका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको हो । पोखराका मुख्य १५ स्थानमा अहिलेसम्म सिसी क्यामेरा जडान भइसकेको पोखरा महानगरपालिकाले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.