गुगललार्इ उछिन्दै एप्पल विश्वको उत्कृष्ट ब्रान्ड, फेसबुक नवौँ स्थानमा झर्यो

गुगललार्इ उछिन्दै एप्पल विश्वको उत्कृष्ट ब्रान्ड, फेसबुक नवौँ स्थानमा झर्यो

सान फ्रान्सिस्को :  ग्लोबल ब्रान्ड कन्सल्टेन्सी इन्टरब्रान्डले बिहीबार ‘बेस्ट-१०० ग्लोबल ब्रान्ड २०१८’ सूची सार्वजनिक गरेको छ । जस अनुसार गुगललार्इ पछि पारेर एप्पल विश्वकै टप ब्रान्ड बनेको छ । 

अर्कातिर ५ करोड भन्दा धेरै युजरको डाटा चोरीको लफडामा फसेको विश्वकै सबैभन्दा ठुलो सामाजिक सञ्जाल सञ्चालक कम्पनी फेसबुक आठौँ स्थानबाट नवौँ स्थानमा धकेलिएको छ । 

एजेन्सीका अनुसार ५६ प्रतिशत प्रगतिका साथ अमेजन विश्वको तेस्रो टप ब्रान्ड बनेको छ । सन् २०१७ को सूचीमा यो पाँच नम्बरमा थियो । 

१० प्रतिशत बढ्यो गुगलको ब्रान्ड भ्याल्यु

यो सूची अनुसार एपप्लको ब्रान्ड भ्याल्यु १६ प्रतिशत बढेको छ । यो १८४ अर्ब डलर (२१.६८ लाख करोड रुपैयाँ) बाट २१४.५ अर्ब डलर (२५.२९ लाख करोड रुपैपाँ) पुगेको छ। एप्पल अमेरिकाको यस्तो पहिलो कम्पनी हो जस्को मार्केट क्याप एक लाख करोड डलर छ । 

दोस्रो नम्बरमा रहेको गुगलको मार्केट भ्यालु १० प्रतिशत बढ्दै १५५.५ अर्ब डलर (१७.९४ लाख करोड रुपैयाँ) भएको छ । सन् २०१७ मा यस कम्पनीको ब्रान्ड भ्याल्यु (1६.६२ लाख करोड रुपैयाँ) अनुमान गरिएको थियो । 

१००.८ अर्ब डलर (११.७७ लाख करोड रुपैयाँ) को भ्याल्युसहित अमेजन तेस्रो नम्बरमा रहेको छ । अघिल्लो साल यसको ब्रान्ड भ्याल्यु ६४.७ अर्ब डलर (७.६२ लाख करोड रूपैयाँ) थियो।

चौथे नम्बरमा माइक्रोसफ्ट छ । जसको ब्रान्ड भ्याल्यु २०१७ मा ७९.९ अर्ब डलर (९.४१ लाख करोड रूपैयाँ) थियो। यो बढेर ९२.७ अर्ब डलर (१०.९३ लाख करोड रूपैयाँ) पुगेको छ । 

६६.३ अर्ब डलर (७.८१ लाख करोड रूपैयाँ) को ब्रान्ड भ्याल्युसहित कोकाकोला पाँच नम्बरमा र सामसङ ५९.८ अर्ब डलर (७.०६ लाख करोड रूपैयाँ) सहित छैटौँ स्थानमा कायम छ । 

क्याम्ब्रिज एनालिटिका डाटा घोटालापछि फेसबुकको ब्रान्ड भ्याल्यु ६% घटेको छ । यो शीर्ष ब्रान्डको सूचीमा नवौँ  नम्बरमा रहेको छ । सन् २०१७ मा फेसबुकको ब्रान्ड भ्याल्यु ४८.१ अर्ब डलर (५.६६ लाख करोड रूपैयाँ) थियो, जो अब ४५.१ अर्ब डलर (५.३० लाख करोड रूपैयाँ) मा सीमित भएको छ । 

इन्टरब्रान्डका ग्लोबल चीफ  एक्ज्युकेटिभ चार्ल्स ट्रेब्यालका अनुसार सबै ब्रान्डले आफ्ना ग्राहकको नसा नसा छामेर यति सफल भएका हुन् । उनले एलन मस्कको कम्पनी टेस्ला टप-१०० ब्रान्डबाट बाहिरिएको बताए । जुन सन् २०१७ मा यो सूचीमा थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.