फेरि सर्‍यो कांग्रेस बैठक

फेरि सर्‍यो कांग्रेस बैठक

काठमाडौं : नेपाल विद्यार्थी संघको विधान टुंगो लगाउने गरी कांग्रेसले शुक्रबार डाकेको केन्द्रीय समिति बैठक तीन दिन पर सारेको छ। अब कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्नेछ। कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत नेवि संघ विधान टुंगो लगाउन गरी शुक्रबार बैठक डाकेको थियो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार साँझ विज्ञप्ती जारी गर्दै शुक्रबार बोलाइएको बैठक सोमबार दिनको १ बजे बस्ने जानकारी दिएका छन्।

कार्यसम्पादन तथा अनुशासन समिति गठनमा पार्टीका शीर्ष नेताबीचमा सहमति नहँदा यसअघि डाकिएको बैठक सरेको थियो। नेविसंघ निर्देशक समितिका संयोजक महतले केन्द्रीय समिति बैठकले संघको विधान पारित गर्ने कार्यसूची बनाएको यसअघि नै बताएका थिए।

कांग्रेसले विधान पारित नगर्दा पछिल्लो समयमा नेविसंघ महाधिवेशन नै अन्योलमा परेको नेवि संघ नेताहरूको भनाइ छ। एक महिना अघि नेविसंघ केन्द्रीय समिति बैठकले ११ औं महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेर हद हटाउने प्रस्तावसहित विधान, नियमावली तथा अधिवेशनको कार्यतालिका पार्टीलाई बुझाएको थियो। नेविसंघको कार्यतालितकामा असोज ७ देखि अधिवेशनका कार्यक्रम सुरु हुने उल्लेख थियो। तर कांग्रेसले विधान पारित नगर्दा असोज ७ देखिको कार्यतालि प्रभावित भएको थियो।

नेवि संघमा अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले बीचमा विवाद चुलिँदो छ। अझ त्यसमा संसदीय दलका उपनेता विजयकुमार गच्छदार निकटका विद्यार्थी नेतालाई महामन्त्री दिएपछि नेविसंघमा विवाद चर्किएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस केन्द्रीय समिति बैठकमा नेविसंघको विधान र विधान मस्यौदा समितिले हालै देशव्यापी रुपमा संकलन गरको सुझावका बारेमा छलफल हुने बताए।

कार्यसम्पदान समिति र अनुशासन समिति गठन प्रक्रियामा विवाद भएपछि यसअघि डाकिएको केन्द्रीय समितिको बैठक प्रभावित भएको थियो। समिति गठनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमा अझै सहमति भएको छैन।

सहमहामन्त्री डा.महतले भने, ‘वरिष्ठ नेताज्यूले नामावली नदिएका कारण केन्द्रीय समिति बैठकमा नेविसंघ कै विद्यान टुगो लगाउने मुख्य तयारी छ।’

प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवा कार्यसम्पादन र अनुशासन समिति गठनका लागि सहमतिको प्रयासमा रहेको बताए। उनले भने, ‘सभापतिले बैठक बस्नु अघिसम्म सहमति प्रयास जारी राख्नु हुन्छ। भएन भएन नेविसंघको विधान पारित नै गर्नुपर्ने भएकाले संघको विधान पारित गर्ने योजना छ।’

गत असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तह, असोज १५ मा क्षेत्रीय अधिवेशन र २१ गतेसम्म ७७ वटै जिल्ला अधिवेशन, २३ गते उपत्यका भित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समय तालिका नेविसंघले सार्वजनिक गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.