चर्चामा करिनाको ज्याकेट
करिना कपुर बलिउडकी एक स्टाइलिस नायिकाको रूपमा चिनिन्छिन्। उनलाई फेसन आइकन पनि भनिन्छ। यस मामलामा युवतीहरू करिनालाई आफ्नो आदर्शका रूपमा लिन्छन्।
आफ्नो छोरा तैमुरको जन्मपछि उनको वजन बढेको थियो। तर यसलाई घटाएकी करिना पहिलेभन्दा अहिले हट देखिन थालेकी छिन्। करिना कपुर योगा वा जिममा जाँदा एउटा ज्याकेट लगाएर जान्छिन्। उक्त ज्याकेट चर्चित कम्पनीको हो। उनको ज्याकेटको चर्चा हिजोआज सामाजिक सञ्जालमा धेरै नै चलेको छ। उनको लोकप्रिय ज्याकेटको मोल एक लाख रुपैयाँ रहेको छ।