'दुब्लाउन अत्यन्त गाह्रो रै’छ'

'दुब्लाउन अत्यन्त गाह्रो रै’छ'

वर्षा शिवाकोटी नेपाली सिनेमाकी चर्चित अभिनेत्री हुन्। ‘नाइँ नभन्नु २’ बाट उनले फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन्। उनको जय शम्भो, लप्पनछप्पन, पशुपतिप्रसाद, भैरेलगायत सातवटा सिनेमा प्रदर्शनमा आइसक्यो। ‘भैरे’को सान्नानी बोलको गीतमा मोटी देखिएपछि वर्षालाई शरीर ‘मेन्टेन’ नगरेको भन्दै फ्यानहरूले आलोचनासमेत गरे। उनीसँग फिटनेसका सम्बन्धमा अजवी पौड्यालले गरेको कुराकानीः

झोला बोकेर हिँडेको खुबै देखिन्छ। के चाहिँ बोक्नुहुन्छ ?

अहिले म एकदमै कठिन एक्सरसाइज गरिरहेकी छु। दिनभरि प्रायः जिममै हुन्छु। एक्सरसाइज गर्दा के–के खाइरहनुपर्छ। त्यसैले, झोलामा केही फलफूल, प्रोटिनको प्याकेट, जुसहरू बोक्छु।

आफूलाई कसरी फिट राख्नुहुन्छ ?

शरीरमा लागेको अनावश्यक फ्याट हटाउन अत्यन्तै गाह्रो छ। जिमलाई निरन्तरता दिन नसकेकाले रिजल्ट देखिएको थिएन। पछिल्लो करिब तीन महिनादेखि खाना कन्ट्रोल गर्न अन्तर्राष्ट्रिय स्तरको डाइट फर्मुला अपनाइरहेकी छु।

सुटिङमा हिँडिरहनु हुन्छ। खाना कसरी मेन्टेन गर्नुहुन्छ नि ?

सुटिङको लागि बाहिर हुँदा खानेकुराको समय मिलाउन गाह्रो हुन्छ। टिममै खानुपर्छ। सेतो खानेकुरा खानै छाडेँ। मलाई लालमोहन, रसबरी टाइपको मिठाईहरू अत्यन्तै मन परेर खुब खान्थे। तर, यसले शरीरमा सुगरको मात्रा बढाउने रैछ।

दिनभरिको खानाको सेड्युल के छ ?

करिब ६ बजेतिर उठ्छु। एक गिलास तातोपानी खान्छु। मेरो घरमा नै स–सानो टे«डमिल रहेकाले करिब पोैने घन्टा विभिन्न खालका कसरत गर्छु। यो सकेर एक गिलास ग्रिन टी पिउँछु। १० बजेतिर दुई वा तीनवटा उसिनेको अन्डा खान्छु। एकछिनपछि नटहरू मिसाएको ओट्स लिन्छु। सीतापाइलाबाट हरेक दिन जिम गर्न जावलाखेल पुग्छु। मान्छेहरू भेटिराख्नु पर्छ। भेट्नेलाई जिमकै वरिपरि बोलाउने गरेकी छु। मान्छेहरू भेट्दा ग्रिन टी र कहिलेकाहीँ ब्ल्याक कफी लिने गरेकी छु। ३ देखि ५ बजेसम्म मेरो वर्क टाइम हो। त्यसको लागि करिब १ बजेतिर घरबाट निस्किन्छु। निस्किनेबेला मिक्स जुस पिउँछु। बाहिर रेस्टुरेन्टमा केही पनि खादिनँ। वर्कआउटको समयमा प्रोटिन सेक पिउने गरेकी छु। यसले मसल्सहरूलाई टाइट गर्ने काम गर्छ। यो खाएपछि भोक पनि लाग्दैन। यसपछि घर जानेबेलामा फलफूल पसलमा गएर काँचो नरिवलको जुस लिने गरेकी छु। ८ बजेभित्र घर पुगिसक्छु र ओट्स खान्छु। बेलुकी थप केही खाँदिनँ।

आम नेपालीलाई भातै खानुपर्छ। यस्तो खानेकुराले पेट भरिन्छ ?

किचनमा गएर जे पनि खाइदिउँ जस्तो लाग्छ। जव खान्छु भनेर भाग लिएर बस्छु, जिम गर्दा दुःख गरेको सम्झिन्छु। जिममा अत्यन्तै मेहनत गरेको सम्झिन्छु, अनि मन सम्हाल्छु।

घरमा पकाइने खालको खाना त एउटा पनि परेन है ?

खानेकुराको कन्ट्रोल गर्न अत्यन्तै गाह्रो हुन्छ। त्यही भएर यो समयमा बाहिर कतेै हिँडेको पनि छैन। बाहिर गएर के के देखिन्छ, खान मन लाग्छ। जहाँ गए पनि आफैं खानेकुरा बोकेर हिँड्ने गरेकी छु। कहिलेकाहीँ भने अति हुन्छ, किचनमा गएर सबैकुरा चाखिदिन्छु।

पानी कत्तिको पिउनुहुन्छ ?

पानी त बेलाबेला पिइरहन्छु। मेरो मोबाइलमा वाटर एलर्ट भन्ने एउटा एप डाउनलोड गरेकी छु। त्यो एपले पानी खान सम्झाइरहन्छ।

तपाईं सानैदेखि मोटी हो ?

कलेज पढ्दादेखि नै हल्का मोटी थिए। हाम्रो परिवारमा सबैजनाको गाला पुक्क परेको छ। थोरै मोटाए पनि गाला पुक्क उठेको देखिन्छ। शरीरभन्दा पनि अनुहार मोटो देखिन्छ मेरो। ‘पशुपतिप्रसाद’ फिल्म प्रदर्शनमा आएपछि मोटी खालकी क्युट देखियो भन्ने कुरा आयो।

मोटी नै राम्री देखिनु भएको छ। किन दुब्लाउनु पर्‍यो र ?

स्क्रिनमा स्वाभाविक रूपमा अलि मोटी देखिँदो रहेछ। ‘पशुपतिप्रसाद’ पछि अरू पनि फिल्मको अफर आउन थाल्यो। यही क्षेत्रमै करियर बनाउनुपर्छ भन्ने लाग्यो। हरेक क्यारेक्टरलाई सुहाउने खालको शरीर बनाउन ज्यान घटबढ गर्नुपर्ने। दुब्लाउन र मोटाउन जति गाह्रो जिन्दगीमा अरू केही रहेनछ।

जंक फुड कत्तिको खानुहुन्छ ?

पहिले अलिअलि खान्थे, अहिले पूरै छाडिदिए। त्यति मन पर्दैन।

तपाईंको मन पर्ने खाना ?

दाल, भात तरकारी नै हो। मिठाई र पास्ता अत्यन्तै मन पर्छ। तर मन पर्ने चिज नखाएको तीन महिना जति भयो।

तुरुन्तैको योजना ?

‘वीरविक्रम २’ मा अभिनय गर्दैछु। दसैं, तिहारलगत्तै यसको सुटिङ हुने भनिएको छ। फिल्ममा कुनै प्रकारको कमजोरी नहोस् भन्न खातिर मेरो तर्फबाट ज्यान घटाउनेलगायत मेहनत जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.