रोनाल्डोमाथि बलात्कारको मुद्दा : सत्य कि झुटो ?
फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई बेलाबेलामा विभिन्न समस्याले गाँज्छ। पछिल्लो समय उनी बलात्कारको मुद्दामा फँसिरहेका छन्। मोडल क्याथरिन मायोर्गाले आफू रोनाल्डोबाट यौन दुर्व्यवहारमा परेको आरोप लगाइरहेकी छिन्।
सन् २००९ मा रोनाल्डोले ‘लस भेगस पाल्स होटेल एन्ड क्यासिनो’ मा आफूलाई रेप गरेको क्याथरिनको भनाइ छ। उनीहरू त्यहाँ नाइट क्लबमा गएका थिए। घटना भएको भोलिपल्ट क्याथरिन प्रहरीकोमा गएर रिपोर्ट दिएकी थिइन्। अन्ततः रोनाल्डोमाथि मुद्दा पर्यो। सन् २०१० मा रोनाल्डोले उक्त घटनालाई गुपचुप राख्न युवतीलाई तीन लाख ७५ हजार डलर बुझाएको पनि समाचार बाहिर आयो।
आफूमाथि लागेको बलात्कारको आरोप गलत भएको रोनाल्डोको भनाइ छ। गत आइतबार उनले इन्स्टाग्राममा भनेका छन्, ‘मेरो नाम लिएर उनीहरू आफूलाई ‘प्रमोट’ गर्न चाहन्छन्। यो सामान्य हो।’
भेगस पुलिसले अहिले रोनाल्डोको ‘केस’लाई फेरि अनुसन्धान गर्दैछ। उनले युवतीलाई कोठामा लगेर लिंग देखाएको कुरालाई समेत जोडेर पुलिसले अनुसन्धान गर्दैछ। आफूमाथि लागेको यो आरोपलाई रोनाल्डोले तीव्र खण्डन गरेका छन्। उनले इन्स्टाग्राममा भने, ‘उनीहरूले जे भनिरहेका छन्, त्यो गलत हो। गलत हो। गलत हो।’ क्याथरिनले जर्मन न्युज म्यागजिनलाई दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै न्युजडटकम डट एयू भन्छ, उनले आफ्नो लिंग छुनलाई अह्राए। मैले मानिनँ। उनले मलाई ताने र किस खाँदै बेडसम्म पुर्याएर रेप गरे।
अहिले रोनाल्डो इटालीको क्लब युभेन्टसबाट फुटबल खेलिरहेका छन्। सन् २०१८ मा उनले रियल म्याड्रिड छाडेका थिए। एक सय मिलियन पाँच मिलियन पाउन्डमा उनलाई युभेन्टसले किनेको थियो।