चीनमा फोटो नेपाल प्रदर्शनी

चीनमा फोटो नेपाल प्रदर्शनी

काठमाडौँः चीनको शुन्दे जिल्लाको बेइजाओ शहरको कल्चर सेन्टरमा अक्टोबर १ देखि ७ सम्म फोटोनेपाल प्रदर्शनी भइरहेको छ । 

यो प्रदर्शनीमा नेपालका सुन्दर एक सय तस्बिरहरु प्रदर्शनीमा रहेका छन् । नेपाल पर्यटन बोर्डको अवधारणामा सुरु गरिएको फोटो नेपालको आयोजना चीनमा दोश्रो पटक भइरहेको छ । 

चिनियाँ फोटोहरु पनि प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीले नेपाल–चीन सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने आशा गरिएको छ । नेपालका विभिन्न स्थानहरु र पर्वहरुको सुन्दर फोटोहरु प्रदर्शनीमा राखिएको छ । 

आइरिस फोटोग्राफरका प्रदर्शनी बोर्डमा 

नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटोनेपाल (३उजयतयल्भउब)ि प्रदर्शनी अन्तरगत अक्टोबर महिनामा हुने प्रदर्शनीमा आइरिस फोटोग्राफरले खिचेका नेपालका तस्बिरहरु प्रदर्शनी हुने भएको छ । 

प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारदेखि आयोजना हुने यस प्रदर्शनी यसपटक असोज १९–२२ मा हुँदैछ । गैह्र आवासिय नेपाली संघसँगको सहकार्यमा हुने यस प्रदर्शनीमा ३५ फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.