ग्रमीण सडकको मर्मत सुरु
अछाम : दसैं तिहार नजिकिए सँगै अछामको चौरपाटी गाउँपालिकाका ग्रामीण सडक मर्मत हुन थालेका छन्।
वर्षायाम सुरु भए लगत्तै बन्द भएका ग्रामीण सडक र जोखिम मोलेर यात्रा गरिरहेका गाउँपालिकाका सबै सडक दसैं अघि नै सहज रुपमा सञ्चालनका लागि मर्मत गर्न लागेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिए।
वर्षायाममा गाउँपालिकाका अबरुद्ध चौरपाटी-चिरकिट्टे-नारी दाङ सडकको मर्मत कार्य शुक्रबारबाट सुरु भएको छ।
यस्तै दसैं अगावै चौखुट्टै-चौरपाटी ग्रामीण सडक, बैजनाथ-पायल-चौरपाटी सडक, कृतिखाम लुंग्रा-चौरपाटी सडक मर्मत गरिने निमित्त प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिए।
सडक बन्द हुदाँ गाँउपालिकाको कार्यालयसम्म ३-४ घण्टाको पदैलमै स्थानीय गन्तव्यमा पुग्ने गरेका छन्।