कोरियाली पूर्वराष्ट्रपतिलाई १५ वर्ष जेल
सोल : दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ ब्याकविरुद्ध भ्रष्टाचार अभियोगमा १५ वर्षका लागि जेल सजाय सुनाइएको छ ।
सोल अदालतले भ्रष्टाचार, अनियमितता तथा पदको दुरुपयोग गरेको ठहर गर्दै ली विरुद्ध जेल सजाय सुनाएको हो । साथै उनलाई १३ करोड डलर जरिवाना गरिएको छ ।
पूर्व राष्ट्रपति लीले भने आफूविरुद्धको यो कारवाही राजनीतिक पूर्वाग्रहमा आधारित भएको प्रतिक्रिया दिएका छन् । यसअघि कोरियाका तीन जना पूर्व उच्चस्तरका नेता जेल सजाय भोगिसकेका छन्।