पत्रिका जलाउने चार पक्राउ
धनगढी : कैलालीको अत्तरियामा पत्रिका जलाउने चारजना पक्राउ परेका छन्। अत्तरियाका महादेव विक (मन्नु), दुर्गाा अधिकारी, धर्म कुँवर र धर्मानन्द नाथलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।
बुधबार बिहान एक समूहले राष्ट्रिय स्तरका पत्रिका सडकमा नै जलाएका थिए। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि भ्रामक समाचार छापेको भन्दै राष्ट्रिय पत्रिका अन्नपूर्ण, कान्तिपुर र नागरिक जलाएका थिए।
फेरि यस्तो नगर्ने सर्तमा प्रहरीले उनीहरुलाई छोडेको छ।