भानु र संस्कृत माविबीच स्वामित्व विवाद

भानु र संस्कृत माविबीच स्वामित्व विवाद

काठमाडौं : रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय र संस्कृत माविबीच जग्गा तथा भौतिक संरचना बाँडफाँटको विषयमा विवाद बढेको छ। एक सय २८ वर्षदेखि एउटै भवनमा चलिरहेका यी दुई विद्यालयबीच विवाद उत्पन्न भएसँगै निर्माणाधीन विद्यालयमा दुवैले पठनपाठन सञ्चालन गर्न पाउने कि नपाउने भन्ने द्विविधासमेत उत्पन्न भएको छ। भूकम्पबाट रानीपोखरीनजिकैको भवन भत्किएपछि चिनियाँ सरकारको लगानीमा सोही स्थानमा सुविधासम्पन्न आधुनिक भवन निर्माण सुरु भएको छ।

भवन निर्माण सुरु भएपछि ती स्कुलमा पढिरहेका विद्यार्थीलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको एउटा छेउमा अस्थायी भवन बनाएर पढाइएको छ। पछिल्लो समय पुरानो भवन रहेको स्थानमा बाँकी काठ, ढुंगा, दराजलगायत पुराना सामग्री बेचेर आएको रकम बाँडफाँटको विषयमा दुई संस्थाबीच विवाद भएको हो। पुरानो भवन भएको ठाउँमा रहेको संरचना लिलाम गर्दा ४४ लाख रुपैयाँ जम्मा भएको थियो। लिलाम गर्दा आएको रकम दुवै स्कुललाई आधाआधा बाँड्ने सहमति गरेर भानु माविको बैंक खातामा जम्मा गरिएको थियो।

तर तीन महिना बित्न लागिसक्दा पनि भानु माविले दिन आनकानी गरेको संस्कृत माविका प्रधानाध्यापक बद्रीप्रसाद दाहालले गुनासो गरे। ‘लिलामीको समयमा पनि विवाद भएको थियो। तर वडा कार्यालयमा दुवै विद्यालयको भद्र सहमतिमा उक्त रकमको ४० प्रतिशत हाम्रो स्कुललाई दिने सहमति भएको थियो’, दाहालले भने, ‘तर उतिखेरको सहमति तोड्दै भानु माविले पैसा दिन आनाकानी गरिरहेको छ।’

भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतोले भने आफूहरूले सहयोगका रूपमा केही रकम दिन सक्ने भए पनि संस्कृत माविलाई अधिकारका रूपमा दिन नसक्ने स्पष्ट पारे। ‘यो मेरो व्यक्तिगत पैसा होइन। उहाँहरूलाई रकम दिन कानुनी आधार चाहिन्छ। त्यो छैन। विगतमा यति र उति रकम दिन्छु भनेर कुनै सहमति भएको छैन’, उनले भने।

१९३४ सालमा संस्कृत माविको स्थापना भएको हो। १९४८ सालमा वीरशमशेरले रानीपोखरीको पश्चिमपट्टि दुईतले भवन बनाएर भुइँतलामा संस्कृत मावि र माथिल्लो तलामा दरबार हाइस्कुल (हालको भानु मावि) चलाएका थिए। तर २०६४ सालमा संस्कृत माविलाई थाहै नदिई उक्त भवन र सम्पूर्ण संरचना दरबार माविले आफ्नो नाममा सारेको संस्कृतको आरोप छ।

महतोले भने २०४९ भानु माविको नाममा जग्गा नापी भएपछि २०६४ सालमा दर्ता मात्र गरेको स्पष्ट पारे। त्यतिखेर पनि विवाद भएपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेर प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन भने गुपचुप राखिएको संस्कृत माविको दाबी छ। ‘यही अवस्थाबाट गुज्रियो भने भानु माविले नयाँ भवन बनेपछि हामीलाई पठनपाठन गर्नसमेत नदिने अवस्था आयो’, संस्कृत माविका प्रधानाध्यापक दाहालले भने, ‘सुरुमा हाम्रै नामबाट खोलिएको स्कुलमा अहिले भानुले रजगज गर्दा पनि शिक्षा मन्त्रालय, जिल्लास्थित शिक्षाका कार्यालयलगायत कतैबाट पनि गुनासो सुनुवाइ भएको छैन।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.