हामी बिग्रने आफ्नै कमजोरीले हो : प्रचण्ड

हामी बिग्रने आफ्नै कमजोरीले हो : प्रचण्ड

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्र पार्टी एकता टुंगो लगाउने बताएका छन्। गोरखा चेम्बर अफ कमर्सले आयोजना गरेको दशैं रमाइलो मेला उद्घाटन गर्न आएका अध्यक्ष दाहालले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आइतबार हुने सचिवालय बैठकले तल्लो तहसम्मको पार्टी एकताको टुंगो लगाउने जानकारी दिएका हुन्। ‘अहिले तल्लो तहसम्म पार्टी एकता हुन नसक्नुमा पार्टी केन्द्रमा ठूलै विवाद पो भएको छ कि भन्ने लाग्न सक्छ’, उनले भने, ‘त्यस्तो केही समस्या छैन। पार्टी एकता ढिलो हुनु प्राविधिक रुपले मात्र हो।’

कम्युनिस्ट एकतालाई कसरी तोड्ने भन्ने बारेमा संसारभरका प्रतिक्रियावादीले कसरत गरिरहेको उनले आरोप लगाए। ‘नेपालको कम्युनिस्ट एकतालाई कसरी तोड्ने भनेर संसारभरका प्रतिक्रियावादी शक्ति लागिपरेका छन्’, उनले भने, ‘संसारभरकै प्रतिक्रियावादीका लागि ठूलो टाउको दुखाइ भएको छ, नेपाल। पार्टी एकता कसरी भंग गराउने र सरकार सञ्चालनलाई कसरी बिफल बनाउने भनेर षड्यन्त्र भइरहेको छ।’

प्रचण्डले आफूहरु मिलेर जाने हो भने कसैले हराउन नसक्ने उनको दाबी गरे। ‘हामीलाई बाह्य शक्ति कसैले हराउन सक्ने अवस्था छैन’, उनले भने, ‘हराउने भनेको हाम्रै आफ्नै कमजोरीले हो। हाम्रै कमजोरीमाथि विजय प्राप्त गर्न सकेनौं भने हामीले हार्छौं।’ संसारलाई नै दिशा दिने ठाउँमा नेपालको कम्युनिस्ट पार्टी रहेको उनले बताए।

कम्युनिस्ट पार्टीलाई शासन चलाउने अनुभव नभएकाले यही कमजोरीलाई प्रयोग गरी प्रतिक्रियावादीले सत्ता हुत्याउने प्रयत्न गर्ने उनले बताए। ‘लामो समयदेखि क्रान्ति र आन्दोलनमा लागेका हामी अहिले शासक भइएको छ। लामो समयसम्म शासन सत्ता सम्हालेको अनुभव छैन’, उनले भने, ‘अनुभवको कमजोरीको कारणले शासनसत्ता सञ्चालनको क्रममा भएका सानातिना गल्ती कमजोरीको दुष्प्रचार गरेर हाम्रो बदनाम गर्न, हामीलाई सिध्याउन प्रयत्न भइरहन्छ। त्यो प्रतिक्रियावादीको धर्म नै हो।’

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको दशैं मेला सम्बोधन गर्दै प्रचण्डले निजी क्षेत्र बलियो भए देश बलियो हुने पनि बताए। ‘जबसम्म देशभित्रकै व्यवसायीलाई राज्यले संरक्षण गर्दैन, तबसम्म विदेशी लगानीकर्ता देशमा भित्रिदैँनन्’, उनले भने। आन्तरिक बजार, आन्तरिक पुजी परिचालन, आन्तरिक पुजीपतिहरुलाई सुरक्षित बनाउनु पर्ने, उनीहरुलाई अघि बढाउन वातावरण बनाउनु पर्ने उनले तर्क गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.