प्रकाशशरणको आरोप : वामको सरकार एक वर्षमै अधिनायकवादी

प्रकाशशरणको आरोप : वामको सरकार एक वर्षमै अधिनायकवादी

नुवाकोट : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले वाम गठवन्धनको सरकार एक वर्ष नपुग्दै अधिनायकवादी भएको आरोप लगाएका छन् । दुईतिहाइका नाममा कम्युनिष्ट सरकारले जनतामाथि शासन गरिरहेको उनको भनाई छ । 

जनतालाई सपनाको भ्रमजालमा पारेर केपी ओली नेतृत्वको सरकारले सत्तामा पुगेपछि  कम्युनिष्टहरुको असली चरित्र देखाएको आरोप लगाउँदै उनले व्यवहारबाटै तानाशाही देखिएको पनि बताए । 

बेलकोटगढी नगरपालिका–७ को महादेबफाँटमा आयोजित कार्यक्रममा सह–महामन्त्री डा. महतले जनताको समस्या समाधान र सुशासन कायम गर्न बर्तमान सरकार पूर्ण असफल भइसकेको दाबी गरे । 

मुलुकमा हत्या, हिंसा, बलात्कार, महँगी र अराजकता मौलाउँदा पनि बर्तमान सरकारमा संवेदनशीलता नदेखिनु जनमतको घोर अपमान भएको बताए । 

वर्तमान सरकारको सुशासन र समृद्धिको नारा खोक्रो नारा र आदर्शमा सीमित भइसकेको बताउँदै सह–महामन्त्री डा. महतले जनताले राज्यविहीनता महसुश गर्ने अवस्था बन्दै गए कांग्रेस सशक्तरुपमा सरकारी रबैयाविरुद्ध आन्दोलित हुने चेतावनी दिए । 

कार्यक्रममा डा. महतले नेपाली कांग्रेस भित्रको आन्तरिक एकताको पाटो मजबुत बनाउन वर्तमान नेतृत्व प्रयत्नरत रहेको बताउँदै केन्द्रदेखि स्थानीय तहसम्म पार्टीको पुनर्जीवनका लागि प्रयत्नरत रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । 

मजबुत आन्तरिक एकता र सुदृढ संगठनको बलमा कम्युनिष्टहरुको अधिनायकवादी सपनालाई तोड्नुपर्ने बताउँदै सह–महामन्त्री महतले अबको समय चिन्ता गरेर बस्ने भन्दा पनि जनताको चित्तबुझ्दो संगठन बनाउन केन्द्रित हुनुपर्ने बताए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.