सहरी विकासका प्रमुखमाथि ३ करोडको मुद्दा
काठमाडाैं : सहरी विकास तथा भवन डिभिजन कार्यालय बुटवलका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर सुरेश ठाकुर विरुद्ध ३ करोड बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठाकुरले पदीय दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको भन्दै त्यसविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका हो ।