परम्परागत भाँडाकुुँडा बनाउने पेशामा आकर्षण
दुई दशकअघि सिन्धुलीका विनोद दाहाल पाटनस्थित भाँडाकुँडा बनाउने एक उद्योगमा लेखापाल थिए। उनको तलब जम्मा २५ सय थियो। पछि तलब बढाइए पनि मालिकले तलब खुवाउन सकेनन्। रोकिएको डेढ वर्षको पारि श्रमिक तीन हजार मात्रै हात पारे। दसैंको मुखमा यस्तो आपत् आइलागेपछि उनले धरधरी रुँदै श्रीमतीलाई व्यथा सुनाए। श्रीमतीले अस्ट्रेलिया बस्ने दाजुलाई दुःख पोखिन्। दाजुले १५ हजार रुपैयाँ पठाइदिए। २४ हजार भेला पारेर दाहालले आफूले जानेको उही भाँडाकुँडा बनाउने उद्योग सुरु गरे।
दाहालको उद्योगमा हाल घरायसी प्रयोजन र सजावटका सामान बन्छन्। गाग्रो, खड्कुँडो, फिल्टर, थालीजस्ता सामान अर्डरअनुसार पनि तयार हुन्छ। जागिरका लागि कुनै दिन रुनुपर्ने अवस्थामा रहेका उनले हाल १६ जनालाई रोजगारी दिएका छन्। कामदारहरू सिन्धुपाल्चोक, मकवानपुर, तेह्रथुम, काभे्रका विश्वकर्मा समुदायका छन्। ‘तामा र पित्तलका पाताहरू ल्याएर आपूूmलाई चाहिने आकारको माल बनाइन्छ। विगतमा जस्तो धातु पगालेर साइजमा ल्याउनुपर्ने बाध्यता छैन,’ उनले भने।
‘नेपालमै धातुबाट बनेका घरायसी प्रयोजनका सामान खासा पनि जान्छन्। २०६४/६५ सालसम्म व्यापार सामान्य थियो। अहिले अलि बढेको छ। असनतिरका पसलबाट धेरै अर्डर आउँछ।’ उनले भने, ‘यहाँ कामदारका परिवार भित्रैकै मान्छे आएर काम पनि सिकिरहेका छन्। ठेक्काको काम हुने भएकाले उनीहरूलाई सहयोगीको आवश्यकता पर्छ। यहीँ काम सिकेका भाइहरूले आफ्नै व्यवसायसमेत गरिरहेका छन्। मनग्ये आम्दानी गरिरहेका छन्।’ दाहाल आफूले रोजेको कामप्रति सन्तुष्ट छन्। छोराहरूलाई राम्रो शिक्षा दिलाउने अवसर यही व्यवसायले दिएको छ।
सिन्धुपाल्चोकका ३३ वर्षीय विष्णु पोख्रेल १२ वर्षदेखि तामा र पित्तलका भाँडाकुँडा बनाउने काम गरिरहेका छन्। हाल उनी मासिक ३५ हजारभन्दा बढी कमाउँछन्। दुई छोरासहितको परिवार हाँसीखुसी रमाएका छन्। ‘ठेक्कामा काम गर्दा आफ्नै काम गरेजस्तो हुन्छ। जति काम ग¥यो, उति पैसा कमाइन्छ। बुट्टा हान्ने र पाता पिट्ने काम छुट्टै मान्छेले गर्छ।’ उनले भने, ‘मेहनत गरेर सिक्ने मान्छेले करिब ६ महिनामा राम्रो काम जान्दछ। लगनशील भएर गर्दा नयाँ सीप पनि सिकिन्छ। फोटो हेरेकै भरमा दुरुस्तै सामान बनाउन सकिन्छ। कामले काम सिकाउँदो रहेछ।’
मकवानपुरका सन्तोष लोहनी कक्षा ९ मा पढ्थे। माइत गएकी दिदीलाई पुर्याएर काठमाडौं आउँदा भिनाजुले गरिरहेको काम सिक्न थाले। काम सिकेको समयमै पनि उनी सामान्य तलब पाउँथे। ६ महिना जतिमा राम्रो हात बसाए। हाल उनी ४० हजार बढी मासिक आम्दानी गर्छन्। ‘दिदी र दाजुको बिहेमा खर्च पठाएँ। अब दसैं खर्च लिएर घर जाने योजना बनाएको छु। खेतीपाती गर्ने बुवाआमा पनि मेरो सीप देखेर खुसी हुनुहुन्छ।’ सन्तोषले सुनाए। ‘सन्तोषले धेरै नै छिटो काम सिक्यो। ऊ खड्कुँडो बनाउने काममा पोख्त भएको छ।’ उनी कार्यरत उद्योगका प्रोपाइटर विनोद दाहालले सुनाए।
सीपको काम गर्नेलाई सरकारी पक्षले सुविधा दिनुपर्ने उनी बताउँछन्। धुवाँ धुलोमा बसेर काम गर्नुपर्ने भएकाले कारखानाहरू व्यवस्थित बन्दै गए कामदारको पनि हित हुने उनको ठम्याइँ छ।
फूलमाया गहतराज श्रीमान्सँगै भाँडा उद्योगमा काम गर्छिन्। भाँडाकुँडा टल्काउने, माझ्ने, धुने, टल्काउने काममा उनी व्यस्त हुन्छिन्। केही घन्टा काम गरेकै भरमा उनी दैनिक चार पाँच सयसम्म बसाउँछिन्। ‘ श्रीमान् ४०–४५ हजार कमाउनु हुन्छ। धुवाँमा काम गर्नुपर्ने भए पनि सजिलो र कमाइ पनि हुने काम भेट्न सजिलो छैन।’ फूलमायाका नानीहरू विजय स्मारक स्कुलमा पढ्छन्।
मोरङ पथरीका मनकुमार लकान्द्री १८ वर्षअघि धरानमा तामा र पित्तलका भाँडाकुँडा बनाउने काम गर्थे। पछि राजधानी आएर पाटनमा सोही काम गरे। कमाइ सामान्य थियो। सँगैका साथीभाइ विदेश जाने र कसैकसैले पैसा पनि कमाएर पठाउन थालेपछि उनको मन यहाँ अडिएन। ऋणपान गरेरै मेनपावरलाई ९६ हजार बुझाए। ठुूलो सपना बोकेर बिदेसिएका लकान्द्रीको दुबई बसाइ सोचेजस्तो भएन। १२ सय मासिक तलब तोकिएकोमा सात सय मात्रै पाए। एयरपोर्टमा काम भनिए पनि सप्लाइमा पठाइयो। ‘दुई वर्ष बस्दा ऋण तिर्नसमेत गाह्रो भयो,’ उनी विगत सम्झिन्छन्।
नेपाल फर्किएपछि लकान्द्रीले उही पुरानै काम थाले। मासिक ४० देखि ५० हजार कमाउँछन्। ‘विदेशमा १४ घन्टा खटिएर रित्तो फर्किनुभन्दा स्वदेशमै काम गर्नु जाति रहेछ। उनले भने, ‘सिक्न मन हुनेलाई म काम पनि सिकाइदिन्छु। सुरुमा सहयोगीको रूपमा काम सिक्न सक्छ।’
सीपको काम गर्नेलाई सरकारी पक्षले सुविधा दिनुपर्ने उनी बताउँछन्। धुवाँ धुलोमा बसेर काम गर्नुपर्ने भएकाले कारखानाहरू व्यवस्थित बन्दै गए कामदारको पनि हित हुने उनको ठम्याइँ छ।
उद्योगमा पाता पिट्ने काममा महिला देखिँदैनन्। कसैकसैले बुट्टा हान्ने काम गर्छन्। धेरैजसो सरसफाइकै काम गर्छन्। उपत्यकाका पाटन, भक्तपुर, बौद्ध, थानकोटलगायतका क्षेत्रमा थुप्रै कारखाना भए पनि यकिन तथ्यांक नभएको प्रोपाइटर दाहाल बताउँछन्, ‘काम सिकेको मान्छे खाली बस्नु पर्दैन। आम्दानी पनि राह्रो हुन्छ। काम गर्न आवश्यक पर्ने सामान पनि धेरै महँगो छैन।’
धातुका भाँडाको माग चाडबाडको समय, विवाहको लगन भएका महिनामा बढी हुन्छ। युरोप अमेरिकाबाट आउने पर्यटकको रोजाइमा समेत यी सामान पर्ने गरेका छन्।