फार्मेसीमा करिअर

फार्मेसीमा करिअर

मेडिकल क्षेत्रमा फार्मेसीको महत्वपूर्ण स्थान हुन्छ। औषधि निर्माण, भण्डारण र डाक्टरको प्रेस्किप्सनअनुसार औषधिको वितरण गरिने विज्ञान नै फार्मेसी हो।

करिअर निमार्णका लागि फार्मेसीको क्षेत्रमा सम्भावना धेरै देखिन्छ। यो क्षेत्रमा दिनानुदिन माग बढ्दो छ। फार्मेसीका विद्यार्थीका लागि विज्ञान, प्रविधिका क्षेत्रमा पनि रोजगारीको प्रशस्तै सम्भावना रहन्छ। पढेर शैक्षिक योग्यता हात पारेका विद्यार्थीले काम नपाउने सम्भावना ज्यादै न्यून रहन्छ।

फार्मेसीको करिअरमा पनि धेरै विकल्प छन्। आज मेडिकल क्षेत्रमा फार्मेसीको महत्वपूर्ण भूमिका रहन्छ। पछिल्लो दशक फार्मासिस्टले औषधि अनुुसन्धान र उद्योगमा आफ्नो करिअर निर्माण गर्ने अवसर पाइरहेका छन्।

यो क्षेत्रमा डिप्लोमा तहको डिग्री हात पार्नासाथ जागिर पाउने सम्भावना रहन्छ। यसमा डिप्लोमादेखि पोस्ट ग्र्याजुएटसम्मको अध्ययन गर्न सकिन्छ। मेडिकल रेप्रिजेन्टेटिभ, अस्पताल फार्मासिस्ट, मार्केटिङ म्यानेजर, ड्रग कन्ट्रोलर, चिफ फार्मासिस्ट, मेडिकल स्टोर सञ्चालक, रिर्सचरलगायतका पदमा रहेर काम गर्न सकिन्छ।

फार्मेसीमा विभिन्न किसिमका डिग्रीहरू गर्न सकिन्छ। यसका लागि चाहिने न्यूनतम योग्यतासमेत फरक रहेको पाइन्छ। फार्मेसीमा डिप्लोमा अर्थात् डी फार्म गर्न रसायन शास्त्र, भौतिक शास्त्र, गणितलगायतका विषय लिएर प्लस टु उत्तीर्ण गरेको हुनुपर्छ। यो कोर्सको अवधि दुई वर्ष रहेको छ।

त्यसैगरी फार्मेसीमा स्नातक अर्थात् बी फार्म गर्न चार वर्ष लाग्छ। यसका लागि पनि रसायनशास्त्र, भौतिकशास्त्र, गणितलगायतका विषय लिएर प्लस टु गरेका विद्यार्थी योग्य मानिन्छन्। यो तहमा कुुनै पनि स्पेसियलाइजेसन हुँदैन।

फार्मेसीमा स्नातकोत्तर अर्थात् एम फार्म दुुईवर्षे कोर्स हो। यसमा विद्यार्थीले आफ्नो रुचिअनुुसारको विषयमा विज्ञता हासिल गर्छन्। एम फार्ममा फार्माकोग्नासी, फार्मास्युटिकल इन्जिनियरिङ, बायोकेमेस्ट्री, एमबीएलगायतका विषयमा स्पेसियलाइजेसन पनि गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.