किमसँगको वार्ता लाभदायी : पोम्पेओ

किमसँगको वार्ता लाभदायी : पोम्पेओ

सोल : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्तामा प्रगति भएको बताएका छन्। दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको थियो। विदेशमन्त्री पोम्पेओले भने, ‘वार्ता सही र उत्पादनमूलक भएको छ।’ कुराकानीपछि उनीहरू सँगै बसेर खाना खाएका थिए।

दुई नेताबीच कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरण प्रक्रिया र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेताबीचको दोस्रो शिखर सम्मेलनका विषयमा केन्द्रित भएको उनले जानकारी दिए। 

पोम्पेओले दुवै देशको सहमतिमा छिट्टै अमेरिकी राष्ट्रपति र नेता किमबीचको दोस्रो वार्ताको मिति तथा स्थान तय गरिने जानकारी गराए। अमेरिकी विदेशमन्त्री प्योङयाङबाट वार्तामा भएका विषयलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनलाई तथा विदेशमन्त्री काङ क्युङ ह्वालाई जानकारी गराउन आइतबार सोल आइपुगेका छन्।

राष्ट्रपति ट्रम्पले भनेजस्तै वार्ताका क्रममा धेरै चरण पार गर्नुपर्ने भएको र त्यसमध्ये यो एउटा चरण रहेको उनले स्पष्ट पारे। शान्ति कायम गराउन तय गरिएको सफल प्रयास भएको उनले बताए। पोम्पेओले भने, ‘त्यसैले मलाई लाग्छ, यो हामी सबैका लागि राम्रो प्रतिफल भएको छ।’ अमेरिकी कूटनीतिज्ञले आणविक निःशस्त्रीकरण र अमेरिकासँगको ‘स्थिर सम्बन्ध’ निर्माण गर्न खेलेको भूमिकाका लागि सोललाई धन्यवाद दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको वार्तालाई वातावरण मिलाउने सिलसिलामा पोम्पेओ शनिबार जापान आइपुगेका थिए। जापानी प्रधानमन्त्रीसँग छलफल गरी आइतवार उनी उत्तर कोरिया आएका थिए। अमेरिकी विदेशमन्त्रीका रूपमा पोम्पेओको यो भ्रमण उत्तर कोरियाका लागि चौथो हो।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्दा जापानी भूभाग भएर भएका र यसबाट जापानी जनतामा निकै त्रासको अवस्था बनेको थियो। जापानले प्योङयाङ नेतृत्वलाई कडा दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएको छ। 

जापानी प्रधानमन्त्री आबेले उत्तर कोरिया र जापानबीचको सम्बन्ध सुधारका लागि प्रत्यक्ष वार्ता गरेर मात्र अघि बढ्न सकिने बताउँदै आएका छन्। पोम्पेओ सोमवार सोलबाट चीन प्रस्थान गर्नेछन्। चीन उत्तर कोरियाको बलियो राजनीतिक तथा आर्थिक सहयोगी मानिने गर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.