साउदी सरकारका आलोचक पत्रकार खासोगी मारिए

साउदी सरकारका आलोचक पत्रकार खासोगी मारिए

एपी इस्तानबुल : साउदी अरेबिया सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खासोगीको इस्तानबुलस्थित साउदी अरेबियाको वाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन्।

टर्किस-अरब मिडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले भने, ‘महावाणिज्य दूतावासका अधिकारीहरूले साथी खासोगीको अन्त्येष्टिको तयारी गर्न भनेका छन्।’ साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खासोगी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए। साउदी सरकारका स्थापित आलोचक उनी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक रहेका थिए।

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खासोगी वाणिज्य दूतावास गएका बेला मंगलबार बेपत्ता भएका थिए। खासोगीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गए पनि उनलाई कार्यालयभित्र छिर्न दिइएको थिएन। खासोगीले इस्लामावादमा रहेर वासिङटन पोस्टका लागि पनि रिपोर्टिङ गर्दै आएका थिए। वासिङटन पोस्टले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने बताएको छ।

महावाणिज्यदूतावासका अधिकारीहरूले पत्रकार खासोगीको बर्बरतापूर्ण रूपमा हत्या गरेको आफूहरूले थाहा पाएको बताए। साउदीका अधिकारीहरूले भने उनको हत्या भएको भन्ने सूचना आधारहीन भएको दाबी गरेका छन्। टर्कीका सुरक्षा अधिकारीले खासोगीलाई एपीसँगको कुराकानीमा साउदी अरेबियाको महावाणिज्य दूतावासमा मारिएको दावी गरे।

एक अर्का अधिकारीले अप्रत्यक्ष रूपमा भने पत्रकार मारिएको कुरा ‘उच्च सम्भावना’ मात्र भएको बताए। घटनाबारे अनुसन्धान जारी रहेकाले यसबारे तथ्य छिट्टै बाहिर आउने भन्दै आफ्नो नाम सार्वजनिक नगर्न टर्कीका दुबै अधिकारीले अनुरोध गरेका थिए। उनीहरूले साउदीका १५ सदस्यीय टोली आएर हत्या गरेको बताएका छन्।

वासिङटन पोस्टका सम्पादकीय पृष्ठका सम्पादक फ्रेड हियाले भने, ‘जमालको हत्या भएको खबर साँचो हो भने यो निन्दनीय छ। उनी प्रतिबद्ध र साहसी पत्रकार थिए।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.