आगलागीबाट करिब चार लाखको क्षति

आगलागीबाट करिब चार लाखको क्षति

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका-२ देवीगञ्जका निरज राईको घरमा आइतबार राति आगलागी भएको छ। राति ११ बजे भएको आगलागिमा चार लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

गोठमा खोले पकाउनका लागि बालिएको आगो निभाउन बिर्सिएपछि त्यही आगो घरमा सल्किएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए। उनका अनुसार आगलागीबाट घर र गोठ पूर्ण रुपमा नष्ट भएको हो।आगोमा जलेर एउटा गाईको बाच्छी मरेको छ। एउटा गाई, बाच्छी र खसी जलेर घाइते भएका छन्। 

गोठमा रहेको ३० क्यूफिट सखुवाको चिरान काठ, घरमा रहेको ३० मन मकै, भाँडाकुँडा, महत्वपूर्ण कागजपत्र, अन्य अन्नपात जलेर नष्ट हुँदा चार लाख बढीको क्षति भएको जानकारी बजगाईले दिए। दमकल र स्थानीय बासिन्दाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.