सिसडोलबासीलाई एम्बुलेन्स
नुवाकोट : नुवाकोटको पुर्वी भेग ककनी गाउँपालिकास्थित सिसडोलका बासिन्दालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा पर्ने सिसडोल क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचार पुहँचका लागि काठमाडौं महानगरपालिकाले एक वर्षअघिकै प्रतिबद्धताअनुरुप एम्बुलेन्स उपलब्ध गराएको हो ।
१३ वर्षदेखि काठमाडौं उपत्यकाको दैनिक संकलित फोहर नुवाकोटको सिसडोलमा विसर्जन गरिँदै आएको छ । कामपाका मेयर विद्यासुन्दर शाक्यले नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।
काठमाडौँबाट फोहोर सिसडोल लैजाँदा र सिसडोलमा थुपारिएको फोहोरबाट प्रत्यक्ष रुपमा प्रभावित भएका स्थानीयवासीलाई स्वास्थ्य उपचारमा पहुँचका लागि सहयोग स्वरुप एम्बुलेन्स हस्तान्तरण गरिएको कामपाका मेयर शाक्यले बताए ।