अन्नतः बन्द हुने भयो गुगल प्लस

अन्नतः बन्द हुने भयो गुगल प्लस

काठमाडौं : फेसबुक, ट्‍विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ। गुगलको माउ कम्पनी अल्फाबेटले अबको १० महिनामा गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो।

अबको १० महिनाभित्र गुगल प्लसको उपभोक्ता संस्करण बन्द गर्ने घोषणा आफ्नो ब्लगमार्फत गुगलले गरेको हो। उक्त ब्लगमा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको कारण देखाउँदै गुगल प्लस बन्द गर्ने निर्णयमा पुगेको उल्लेख छ।

वालस्ट्रिट जर्नलका अनुसार २०१५ देखि २०१८ को बिचमा गुगल प्लसबाट कयौँ प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोरी भएको छ। तर, गुगलले भने गुगल प्लस बन्द गर्नुको मुख्य कारण कम प्रयोगकर्ता भएको दावी गरेको छ।

यद्यपी तथ्यांक चोरी भएको भने गुगलले स्वीकार गरेको छ। गुगलले आफ्नो ब्लगमा भनेको छ : प्रयोगकर्ताका प्रोफाइल डाटाहरू लिक भएर दुरुपयोग भएका छन्। तर दोषीविरुद्ध हामीसँग प्रमाण छैन। सफ्टवेयरमा देखिएको समस्याका कारण यो समस्या आएको उसले जनाएको छ।

गुगल प्लसबाट केही महिनाअघि करिब ६ लाख प्रयोगकर्ताका डाटाहरू लिक भएको सार्वजनिक भएको थियो।

निर्णय सार्वजनिक गरेपछि गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको शेयरमा २.६ प्रतशितको गिरावट देखिएको छ।

गुगल प्लसलाई बृहत्तर ग्रहकका आशा र रुचि अनुरुप तयार पारिएता पनि यसका प्रयोगकर्ता कम्पनीले सोचेभन्दा निकै कम देखिएपछि गुगल प्लसलाई निरन्तरता दिन थप चुनौती सिर्जना भएको गुगलका प्रबन्धकहरूको निष्कर्ष छ। 

गुगलले सन् २०११ मा गुगल प्लस सुरु गरेको थियो। सुरुवातदेखि नै यसमा प्रयोगकर्ताको कम रुचि देखिएको थियो।

कन्जुमर भर्सन (आम प्रयोगकर्ताले चलाउने) बन्द गरे पनि गुगल प्लसले इन्टरप्राइज भर्सनलाई भने तत्कालका लागि निरन्तरता दिने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.