सप्तरीमा चोरी भएको मोटरसाइकल सुनसरीमा फेला

सप्तरीमा चोरी भएको मोटरसाइकल सुनसरीमा फेला

राजविराज : सप्तरीको रुपनी गाउँपालिका-६ बीरेन्द्र बजारबाट चोरी भएको मोटरसाइकल सुनसरीमा फेला परेको छ। रुपनी- ६ स्थित रन्जित भगतको घरबाट चोरी भएको को. ३३ प १५४२ नम्बरको मोटरसाइकल सुनसरीको पकलीमा फेला परेको प्रहरीले जनाएको छ।

पेट्रोल सकिएपछि घिस्याएर पूर्वतर्फ लैँजादै गर्दा प्रहरीलाई देखेपछि चोर मोटरसाइकल छोडेर भागेको प्रहरीले जनाएको छ।फेला परेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको इलाका प्रहरी कार्यालय रुपनीका सइ भुवन कार्कीले बताए।

एक साता अघि सोही घरबाट उनका भाइ संजीव भगतको चोरी भएको ना. ५६ प ७४८६ नम्बरको मोटरसाइकल अझैं फेला परेको छैन्। मोटरसाइकल त्यसअघि गत साउन २० गते घरबाटै चोरी भएको थियो।

रकम बुझाएर भारतीय क्षेत्रबाट फिर्ता ल्याइएको मोटरसाइकल पुनः चोरी भएको उनका बुवा शिवदयाल भगतले बताए।प्रहरीले चोरीको गिरोह नै संलग्न रहेको आशंकामा सोधपुछका लागि तीनजना नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.