घाइते बालिकालाई सांसद यादवको आर्थिक सहयोग

घाइते बालिकालाई सांसद यादवको आर्थिक सहयोग

वीरगन्ज : वीरगन्जमा सोमबार साँझ ह्युम पाइपले च्यापिएर घाइते भएका तीन बालिकालाई यहाँका सांसद प्रदीप यादवले उपचारका लागि आर्थिक सहायता गरेका छन् ।

घटनामा घाइते भइ काठमाडौंको बिएण्डबी अस्पतालमा उपचार गराइरहेका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का र ७ वर्षीया अंकिताको उपचार खर्च पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले ब्यहोरेका हुन् ।

पर्साको जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीको परिवारलाई सांसद यादवले उपचारका लागि ५० हजार रुपैयाँ नगद दिएका हुन् ।

सोही घटनामा घाइते भइ वीरगन्जमा उपचार गराइएकी ९ वर्षीया आयुषा यादवलाई पनि २५ हजार रुपैयाँ उपचार खर्च दिने बताएका छन् । वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी आयुषाको उपचार खर्च मङ्लबार नै दिने सांसद यावले बताए ।
सोमबार साँझको घटनामा परी ज्यान गुमाएका रानीघाटका बालमुकुन्द राउत चौधरीका ८ वर्षीय छोरा रोहीत चौधरीको परिवारलाई पनि वीरगन्ज पुगेपछि ५० हजार रुपैयाँ प्रदान गर्ने सांसद यादवले प्रतिवद्धता जनाएका छन् ।

साथै सांसद यादवले ह्युम पाइप थुपार्ने कालिका कन्स्ट्रक्सनलाई कारवाही गर्न सरकारलाई माग गरेका छन् । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका सांसद प्रदीपले सोमबार साँझको घटनाको छानविन गर्न प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा र गृहमन्त्री राम बहादुर थापालाई भेटेर आग्रह गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.